वडावडामै पुगेर योजनाहरु सम्झौता गर्दै किस्पाङ गाउँपालिका

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष १५, विहिबार

किस्पाङ गाउँपालिका, छत्र लामा, सम्झौता

नुवाकोटको किस्पाङ गाउँपालिकाले वडावडामानै पुगेर योजनाहरु सम्झौता गरिरहेको छ ।
गाउँपालिकाले सबै वडावडा पुगेर बिनियोजित योजनाको सम्झौता तथा योजनाको प्रभाबकारीताको बिषयमा अन्तक्रिया गर्दै आएको छ । विकास शिबिरको रुपमा गाँउपालिकाले वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समिति गठन तथा योजना कार्यान्वयनमा सहजता भएको किस्पाङ गाँउपालिकाले जनाएको छ ।
किस्पाङ गाँउपालिकाको वडा नम्बर ४ साल्मेमा सञ्चालन हुने योजनाहरुको सम्झौता गरेको छ । वडा नम्बर ४ मा २१ वटा योजना रहेकोमा १७ वटा योजनाको सम्झौता गरिएको छ भने वडा नम्बर ३ को पुस १७ गते शनिबार काहुलेम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिनुभएको छ । पालिकाले विगतको ३ आर्थिक वर्ष देखि नै वडा स्तरबाट नै योजनाहरु सम्झौता गरिरहेको छ ।
योजनाहरु सम्झौता गर्नलाई गाउँपालिकाको कार्यलयसम्म जादा कर्मचारी नहुने, वडाबाट प्रक्रिया पुराइएको आवस्यक कागजपत्रहरु नल्याउने, योजना कार्यान्वयन गर्ने समितिका पदाधिकारीहरुको नागरिकता छुट्ने लगायतको समस्याले गर्दा वडाका नागरिकहरु हैरानीमा परेका थिए । उनीहरु बारम्वार पालिकाको कार्यलयमा धाइरहनु परेको वाध्यतालाई महसुस गरेर वडा तहबाटै योजनाहरु सम्झौता गरिरहेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताउनुभएको छ ।
योजना सम्झौता गर्नलाई प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाका कर्मचारी मात्रै नभई इन्जिनियर, लेखा शाखाका कर्मचारी लगायत गाउँपालिकाको सिंगो टिम जाने गरेका छन् । योजना सम्झौता गर्नलाई गाउँपालिकाको सिंगो टिम वडा कार्यलय गएर योजना कार्यान्वयन देखि बजेट भुक्तानी सम्मको चरणहरुको वारेमा जानकारी गराउने गरिएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताउनुभएको छ । 

किस्पाङ गाउँपालिका, छत्र लामा, सम्झौता

गाउँपालिकाले यसरी वडामा नै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिहरुले राहतको महसुस गरेका छन् । साथै योजना कार्यन्वयनदेखि बजेट भुक्तानी गर्नुपर्ने अवस्थामा आइपर्ने अल्झनहरुको विषयमा समेत जानकारी लिन पाउदा उपभोक्ता समितिहरुलाई गुणस्तरीय रुपमा योजनाहरु कार्यन्वयन गर्न थप हौसला मिलेको छ ।
यस्तै वुधवार वडा नम्बर ५ को कार्यलयमा पुगेर पालिकाले योजना सम्झौता गरेको छ । वडाको ४५ वटा योजना मध्ये ३६ वटाको सम्झौता भएको गाउँपालिकाले जनाएको छ । प्रयेक दिन पालिकाको सबै वडामा पुगेर योजना सम्झौता तथा अन्तक्रियाको लागी गाँउपालिकाले विकास शिबिरको आयोजना गर्दै आएको छ । 

किस्पाङ गाउँपालिका, छत्र लामा, सम्झौता किस्पाङ गाउँपालिका, छत्र लामा, सम्झौता