एमाले नुवाकोटको अबिधेसन पुस २३ मा, बद्री मैनाली अध्यक्ष बन्दै

नुवाकोट न्यूज
२०७८ पौष १२, सोमबार

नेकपा (एमाले) नुवाकोटले जिल्ला अबिधेसन सम्पन्न गर्नका लागी बिभिन्न समितिहरु गठन गरेको छ । आईतबार पार्टी कार्यालय विदुरमा भएको १८औँ बैठकले पुस २३ गते जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरेको हो । जसमा, आवास तथा खाद्य समिति, प्रचार समिति, आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति रहेका छन ।
पुस २३ गते तय गरिएको जिल्ला अधिवेशनले हाल उपाध्यक्ष रहनुभएका बद्री मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुने पक्कापक्की भैसकेको एक नेताले नुवाकोट न्युज डटकमलाई बताउनुभएको छ । पार्टीलाई एक ढिक्का बनाउनको लागी अनबरत रुपमा लाग्नुभएका मैनाली यसअघिको राजनितिक उतारचढावमा पुर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमै रहेर नुवाकोटमा पार्टी बिस्तारको लागी खट्नुभएको थियो भने हालका अध्यक्ष रहनुभएका नारायणप्रसाद खतिवडा केपी ओलीको बिरुद्धमा माधवकुमार पक्षमा लान्गुभएको थियो ।
पार्टीलाई संकटको अबस्थामा समेत साथ दिएको र आगामी दिनमा पनि नेकपा एमाले नुवाकोटलाई अगाडी बढाउन मैनालीनै सबल र सक्षम देखिएकाले उहाँकै नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन हुने पक्कापक्की भैसकेको ति नेताले बताउनुभएको छ ।
पुस १७ गते नुवाकोटका ८८ वटै वडामा एकै दिन प्रतिनिधि छनौट गरिने बैठकले निर्णय गरेको छ । प्रतिनिधि छनौटका लागि तीन आधार तय गरिएको छ । जसमा खुला २५ बराबर १ प्रतिनिधि, महिला २० बराबर १ प्रतिनिधि चयन हुनेछन । त्यस्तै दलित १५ बराबर १ प्रतनिधि हुने र त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने र भुगोल पालिका हुने नेकपा एमाले नुवाकोटले जनाएको छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि बनाईएका समितिहरु
१. आवास तथा खाद्य समिति
संयोजकः विष्णु लोहनी
सदस्यः सुदर्शन नेपाल, नारायण घिमिरे, गीता दाहाल, लेनिन रञ्जित, नविन प्रधान, राजेन्द्र रिजाल, टलकमान श्रेष्ठ, सुमन पाठक, शिव चित्रकार, सञ्जिव श्रेष्ठ, दामोदर नेपाल
२. प्रचार समिति
संयोजकः बद्री मैनाली
सदस्यः माधवप्रसाद तिवारी, शरण उत्सुक, नारायण बस्नेत, देवचन्द्र भट्ट, विष्णु तारुके, नवदीप अजनवी, बच्चुमाया सुनारी मगर, कल्पना न्यौपाने, श्रीकृष्ण खतिवडा, श्याम लामा, राजु तिवारी
३. आर्थिक समिति
संयोजकः काशिराज अधिकारी
सदस्यः सञ्जु पण्डित, राजेन्द्ररमण खनाल, पूर्णलाल श्रेष्ठ, रमेश वस्ती, रोजिना राई, रमेश श्रेष्ठ, शिवराम थापा, शनि चित्रकार, सीताराम अर्याल, तोयानाथ तिमल्सिना, अनन्त नेपाल, पशुपति लोहनी, अम्बिाका तामाङ, भोजप्रसाद पुडासैनी, बाबुराम गजुरेल, पूर्णबहादुर त्रिपाठी, रामहरि पाण्डे, डिल्लीराम सिलवाल
४. मञ्च व्यवस्थापन समिति
संयोजकः दीपक कायस्थ
सदस्यः निलमबाबु ढुंगेल, राजकुमार श्रेष्ठ, विवेक घिमिरे, राजन ढकाल
५.प्रतिनिधि व्यवस्थापन समिति
संयोजकः बुद्धि प्रधान
सदस्यः विष्णु लोहनी, गणेश श्रेष्ठ, अरुण श्रेष्ठ, यम खतिवडा, राजेन्द्र प्रकाश पाण्डे, दीपक कार्की, निर्मला अधिकारी, हरि अधिकारी, नवराज ढुंगाना, समर आले, निलकण्ठ आचार्य
६.स्वयंसेवक व्यवस्थापन समिति
संयोजकः प्रज्वल सापकोटा
सदस्यः राजु तिवारी, हरिहर सिलवाल, श्रीकृष्ण खतिवडा, सुरेश श्रेष्ठ, सुरेश चित्रकार, राजु लामा, दिपेन्द्र तामाङ, नविना थापा, रामचन्द्र श्रेष्ठ, डोलबहादुर तामाङ, दीपेश खड्का, सरस्वती थापा ।
७.प्रतिवेदन लेखन समिति
संयोजकः नारायण खतिवडा
सदस्यः रामशरण प्याकुरेल, ठाकुर गजुरेल, ठाकुर पुडासैनी, रमहरि रिमाल, बलराम आचार्य, वासु कडुवाल ।