माओबादी केन्द्र नुवाकोटको १२ वटै स्थानिय तहमा अधिबेसन सम्पन्न

नुवाकोट न्यूज
२०७८ मंसिर १६, विहिबार

नेकपा माओबादी केन्द्रको नुवाकोटमा १२ वटै स्थानिय तहमा पालिका अधिबेसन सम्पन्न भएको छ । सबै स्थानिय तहमा सर्बसममत नेतृत्व चयन भएको नेकपा माओबादी केन्द्र नुवाकोटले जनाएको छ । अधिबेसनले बिदुर नगरपालिकामा प्रभा बोगटी, बेलकोटगढी नगरपालिकामा शिबप्रसाद पौडेलको नेतृत्वमा सर्बसम्मत नयाँ कार्य समिति चयन गरेको छ । यस्तै तादी गाँउपालिकामा अनुपकुमार पाण्डे, पञ्चकन्या गाँउपालिकामा मणिनाथ लामिछाने, तारकेश्वर गाँउपालिकामा सोमबहादुर तामाङ, सुर्यगढी गाँउपालिकामा ईमान सिंह तामाङ, किस्पाङ गाँउपालिकामा सुमन सिंह तामाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । यसैगरी, ककनी गाँउपालिकामा सुमन तामाङ सज्जन, दुप्चेश्वर गाँउपालिकामा कमल खतिवडा, शिवपुरी गाँउपालिकामा मिनबहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धालाई समेत ब्यबस्थापन गर्दै सर्बसहमत तबरले नेतृत्व चयन गरेको हो । मुलुक पुनःसंरचनामा गएसँगै माओबादी केन्द्रले पार्टिलाई समेत संघियतामा ढालेको छ ।
पार्टीको समेत तिन तहको संरचना रहने गरि स्थानिय तह, प्रदेश र केन्द्र रहने ब्यबस्था गरेको हो । जिल्ला तहमा समन्वय समिति रहने ब्यउबस्था गरेको छ । त्यसै अनुरुप धेरै नेता तथा कार्यकर्ताहरु स्थानिय तह अर्थात पालिका कमिटिमा रहेका छन् । पार्टिको संरचनाको ब्यबस्थापन हुनु अगाडी जिल्ला तहमा रहेका नेता तथा कार्यकर्ताहरु अहिले पालिका स्तरको कमिटिमा रहेका छन् । संघियताकै शैलिमा पार्टीलाई बिस्तार गर्दे नेकपा माओबादी केन्द्र नुवाकोटले स्थानिय पालिका कमिटिलाई सक्तिशाली बनाएको छ ।
आसन्न निर्बाचनलाई मध्यनजर गर्दे माओबादी केन्द्रले वडा तथा पालिका कमिटिमा सर्बसहमत नेतृत्व चयन गरेको जनाएको छ । पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धाले आसन्न स्थानिय तहको निर्बाचनमा प्रभाब पर्ने भन्दै सर्बसहमत नेतृत्व चयनलाई जोड दिएको माओबादी केन्द्र जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताउनु भयो ।
पार्टीको संस्थागत बिकास र नेतृत्व चयनका लागी भएको सर्बसहमतको प्रयास सफल भएको बताउदै उहाँले पार्टीलाई अझै अगाडी बढाउन सहज भएको उहाँले बताउनु भएको छ ।