बढ्नुपर्छ अघि समयको माग देखे पछि । भागिहाल्नु हुन्न त्यसै सानो दाग देखे पछि बुझी राख त्यहीँ छ मज्जा जिन्दगी ज्युनुको सफलताको सिढिको आधा भाग देखे पछि ।

नुवाकोट न्यूज
२०७६ बैशाख १३, शुक्रबार

मुक्तक दोहोरी
पुस्कर थापा- सिन्धुली, भगवती लामा- नुवाकोट
भगवती
बढ्नुपर्छ अघि समयको माग देखे पछि ।
भागिहाल्नु हुन्न त्यसै सानो दाग देखे पछि
बुझी राख त्यहीँ छ मज्जा जिन्दगी ज्युनुको
सफलताको सिढिको आधा भाग देखे पछि ।
पुस्कर
गुलाफ काडाको बिचमा, कमल हिलोमा भेटिन्छ ।
जुन गुण हात्तिमा पाइन्न, त्यो कमिलोमा भेटिन्छ ।
सच्चा साथी पाउन मात्रै गाह्रो छ यो दुनियाँमा,
दुश्मनहरु त प्रायः प्रत्येक खुड्किलोमा भेटिन्छ ।
भगवती
राम्रा राम्रा छानी बनाइन्छ पराइ
नमज्जा मानी बनाइन्छ पराइ ।
यस्तै बुझे तिम्रो बुझाइबाट पनि
बचनैले हानी बनाइन्छ पराइ ।।
पुस्कर
घामजून सधैंको लागि अस्ताई दियो भने
अनि हावाले पनि बहनलाई बिर्सियो भने
म सोचि रहेछु साच्चै१के होला त्यतिबेला
यो समयले एकैछिन विश्राम लियो भने
भगवती
यत्ती छिटो हरेस नखाउन कान्छा
बहकाइमा पनि नजाउन कान्छा ।
जिन्दगी लामो छ भन्ने सोच्ने गर
तर आबेसमा धेरै नआउन कान्छा ।
पुस्कर
मनको मान्छे अरु भन्दा खास हुनुपर्छ
खाससङ्गै अझै दिलभित्र बास हुनुपर्छ
तिमी सधै मेरो आसपास छौँ झै लाग्छ
यसको कारण यै बैमानी बतास हुनुपर्छ
भगवती
तिमी छौ बुझकी खोइ के भनम ।
लग्यो भाग्यले ठगि खोइ के भनम
बल्ल आज तिम्रो हितैसिबाट बुझ्दा
छौरे कोइको बन्दगी खोइ के भनम
पुस्कर
मन पनि मन्द भाछ, मुटु पनि मन्द भाछ
यादहरु आउन जान सबैतिर बन्द भाछ
न माया खोसिएला भन्ने डर न रुने डर
यस्तो पो त जिन्दगी अचेल आनन्द भाछ
भगवती
लुकाउछौ आफ्नो यथार्थता कसरी बुझौ तिमिलाइ
अनिअपनाउछौ सतर्कता कसरी बुझौ तिमिलाइ
तिम्रो हरेक कुरा बुझ्दा बुझ्दा यस्तो लाग्यो
झनै बढे अस्पष्टता कसरी बुझौ तिमिलाइ
पुस्कर
संगै जिउने आधार भाग्यले दिएन।
र मनले मागेको संसार भाग्यले दिएन।
पराई भनूँ म कसरीरु मुटुभित्र बस्छौ
आफ्नो भन्ने अधिकार भाग्यले दिएन।
भगवती
भेट्नु छुट्नु संसारको रित सम्झेर चित्त बुझाउनु
सधै यहि कुरा मनमा लिएर चित्त बुझाउनु
सम्झाउन सक्ने हिम्मत र शब्द छैन म सग
भोलि फेरि भेटिएला भनेर चित्त बुझाउनु ।
पुस्कर
आफ्नो सम्झिने मन छ म कसरी चित्त बुझाउ ?
केही गरि नछुट्टिउ भन्छ म कसरी चित्त बुझाउ ?
तिमी मेरो जिबनमा यसरी सजिएर बसिदिएउ ,
पत्थर पनि फुल बन्छ म कसरी चित्त बुझाउ?
भगवती
फकृएका थुङ्गाहरु ओइलिएर गएका छन्
यहि देखेर माली कत्ति निस्ठुर भएका छन्
सायद हाम्रो नाता पनि फूल र मालीझै ठानेर
कयौ प्रेमिल जोडीहरुले बिछोड सहेका छन् ।
