माओवादी केन्द्रको बेलकोटगढीमा पौडेल, पञ्चकन्यामा लामिछाने सर्वसम्मत

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ मंसिर १२, आईतबार

माओवादी केन्द्र,  पञ्चकन्या, बेलकोटगढी

नेकपा (माओवादी केन्द्र) पञ्चकन्या गाउँ गाँउपालिकाको दोश्रो गाँउ सम्मेलनले अध्यक्षमा मणिनाथ लामिछानेलाई  सर्वसम्मत चयन गरेको छ । 
शनिबार घलेभञ्ज्याङमा आयोजित दोस्रो सम्मेलनले लामिछानेको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा रामबाबु पराजुली, सन्चबहादुर तामाङ, वासुसिंह ठकुरी, सचिव छिरिङदोर्जे तामाङ, सहसचिव कृष्णप्रसाद बोहोरा, कोषाध्यक्ष श्रीधर पराजुलीलाई चयन गरिएको छ ।
उदघाटन कार्यक्रममा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य श्रीकृष्ण अधिकारी, वाईसिएल वाग्मती प्रदेश संयोजक राजन गौतम ’नकुल’, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेश, माओवादी केन्द्रका नेता मिन कुमार केसी, वाग्मती प्रदेश कमिटी सल्लाहकार कृष्णबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी) नुवाकोट जिल्ला सचिवालय सदस्य अर्जुन कार्कीलगायतकाका सहभागिता रहेको थियो ।
यस्तै, बेलकोटगढी नगरपालिकाको दोश्रो सम्मेलनले शिवप्रसाद पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएको छ । उपाध्यक्षमा उपाध्यक्षहरुमा धनबहादुर तामाङ, कौसिला पुडासैनी र रामचन्द्र ढुङगाना चयन हुनुभएको छ । त्यसैगरी सचिवमा मनराज गुरुङ, सहसचिवमा  चन्द्रबहादुर तामाङ जनम र कोषाध्यक्षमा सञ्जु श्रेष्ठ सर्वसम्वत रुपमा भयन हुनुभएको छ ।