नुवाकोट काँग्रेसको क्षेत्रिय अधिबेसन : डाक्टर महत र बहादुर लामा समुह विजयी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ मंसिर ९, विहिबार

काँग्रेस,डाक्टर रामशरण महत, बहादुर लामा, क्षेत्रिय अधिबेसन

नेपाली काँग्रेसको १४ अधिबेसन अन्तरगत भएको नुवाकोटको क्षेत्रिय अधिबेसनमा दुईवटै क्षेत्रमा डाक्टर रामशरण महत र बहादुर लामा समुह विजयी भएका छन् । क्षेत्र नम्बर २ मा जगतबहादुर तामाङ र १ मा ध्रुव श्रेष्ठ दुवै जना महत लामा समुहबाट निर्बाचित हुनुभएको हो । अर्जुन नरससिंह केसी समुहबाट क्षेत्र नम्बर २ मा मछिन्द्र नरसिंह प्याकुरेल र क्षेत्र नम्बर १ बाट बिषम रिमाल पराजित हुनुभएको छ । क्षेत्र नम्बर २ सोमवार सम्पन्न निर्वाचनको मत गणना वुधवार राती सकिएको थियो । अन्तिम मत परिणाम अनुसार जगतबहादुर। तामाङले १७ मत वढी प्राप्त गरेर सभापतीमा विजयी हुनुभएको हो । तामाङले ३ सय ७९ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिष्पर्धी मछिन्द्र नरसिंह प्याकुरेलले ३ सय ६२ मत प्राप्त गर्नुभएको थियो । यस्तै क्षेत्रिय सचिवहरुमा तामाङ प्यानलकै ध्रुवप्रसाद ढकाल र नवराज पाण्डे विजयी भएका छन् । ढकालले ४ सय २६ र पाण्डेले ३ सय ६३ मत प्राप्त गरेका थिए । क्षेत्रिय सचिवको उम्मेद्धारहरु उत्तम लामा सागरले ३ सय ४९ र राजकुमार आचार्यले ३ सय १४ मत प्राप्त गरेका थिए । यस्तै क्षेत्रिय सहसचिवमा केदरप्रसाद रिमाल ४ सय ३५ र गोविन्द्रबहादुर तिवारी ३ सय ८८ मत सहित विजयी भएका छन् । क्षेत्रिय सहसचिवको उम्मेदवारहरु नहकुल पाण्डेले ३ सय २३ र प्रेमलाल श्रेष्ठले ३ सय १२ मत प्राप्त गरेका थिए । सोमवार सम्पन्न निर्वाचनबाट २५ जना केन्द्रीय महाधिवेसन प्रतिनिधि छनौट गरिएको छ । जस अन्तर्गत नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को प्रत्यक्ष प्रदेश सभा (क) बाट १ सय ९५ मत सहित गीता पाठक र (ख) बाट २ सय २२ मत सहित चन्द्रावती ओझा महिला सदस्यमा विजयी भएका छन् । त्यस्तै प्रत्यक्ष प्रदेश सभा (क) बाट १ सय ८१ मत सहित दुर्गाप्रसाद लोहोनी, १ सय ९५ मत सहित रुपेश पुडासैनी, (ख) बाट २ सय ३२ मत सहित जितेन तामाङ लामा र २ सय २७ मत सहित भोटु तामाङ खुल्ला सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेसन नुवाकोट क्षेत्र नम्बर २ बाट ६ सय ६७ मत सहित गीता अमात्य, ३ सय ६० मत सहित रुक्मणी सेढाई, ३ सय ९८ मत सहित शान्ति लामा र ३ सय ८२ महत सहित सुनमाया तामाङ प्रत्यक्ष महिला प्रतिनिधिमा विजयी भएका छन् । यस्तै खस आर्य महिलाबाट पवित्रा पुडासैनी भट्ट ३ सय ८०, सरिता अधिकारी ३ सय ९५, खस आर्य पुरुषबाट श्याराज पाण्डे ३ सय ८०, श्रीप्रसाद सापकोटा ३ सय ८६ मत सहित महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् । आदिवासी जनजाती महिला तर्फबाट विन्दा थापा मगर ३ सय ९८, लालीमाया तामाङ ४ सय ५, आदिवासी जनजाती पुरुष तर्फबाट दिपक लामा ३ सय ८५, गरबहादुर तामाङ ३ सय ५१ र प्रकाश राई ३ सय ५४ मत सहित महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् । नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को क्षेत्रिय निर्वाचनको अन्तिम मत परिणाम अनुसार दलित तर्फबाट ३ सय ८६ मत सहित देवकुमारी विक, मदेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका सदस्यबाट ३ सय ७७ मत सहित कृष्ण मान घले, प्रत्यक्ष महिलाबाट ३ सय ८३ मत सहित सुन्तली सार्की, प्रत्यक्ष खुल्ला सदस्यमा ३ सय ९० मत सहित डुब्दोर्जे तामाङ, ३ सय ६८ मत सहित रामजीबहादुर श्रेष्ठ, ३ सय ७६ मत सहित सूर्यबहादुर तामाङ महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् । यस्तै खस आर्य महिलाबाट ४ सय ३ मत सहित कमला रिमाल, खस आर्य पुरुषबाट ४ सय २१ मत सहित जनक अधिकारी निर्वाचित भएका छन् । प्रत्यक्ष खुल्ला तफबाट महाधिवेसन प्रतिनिधिमा उम्मेदवार दिएका मध्ये चोकराज शाक्य ४ सय ३१, जगदीश्वर नरसिंह केसी ४ सय २३, जयराम दाहाल ३ सय ७०, धनसिंह तामाङ ३ सय ७२, ध्रुवप्रसाद अधिकारी ४ सय २४, फैसिङ तामाङ ३ सय ८३, वद्रिप्रसाद मुडवरी ३ सय ६१, राजन श्रेष्ठ ४ सय २, सिंहराज लामा ३ सय ६९ र हरिकृष्ण श्रेष्ठ ३ सय ६१ मत सहित केन्द्रीय महाधिवेसन प्रतिनिधिमा विजयी भएका छन् । महाधिवेसन प्रतिनिधिमा विजयी भएका जिल्ला सभापती जगदीश्वर नरसिंह केसी र प्रकास राई बाहेक सबै पदाधिकारीहरु जगतबहादुर तामाङको प्यानलबाट विजयी भएका छन् । जगतबहादुर तामाङलाई रामशरण महत, प्रकाशशरण महत र बहादुरसिंह लामा तामाङको पक्षबाट र मछिन्द्र नरसिंह प्याकुरेललाई अर्जुननरसिंह केसी र नगदिश्वर नरसिंह केसी पक्षबाट उम्मेदवार बनाइएको थियो । क्षेत्र नम्बर १ नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्वर १ को मत गणना कार्य मंगलवार राती नै सकिएको थियो । साथै निर्वाचनमा विजयी भएका पदाधिकारीहरुलाई वुधवार नै प्रमाणपत्र प्रदान गरि सकिएको छ । क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतीमा धु्रव श्रेष्ठ, सचिवमा शिव गुुणी र जगदीश कुइकेल, सहसचिवमा बिरबहादुर तामाङ र ठाकुर लामिछाने विजयी भएका थिए । यस्तै क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुमा रोशना थापा, बिना बुढाथोकी महत, सरिता आचार्य, सिता मिजार, अच्युत प्रसाद गुरागाई, अर्जुन प्रसाद न्यौपाने, कृष्ण कुइकेल, कृष्णबहादुर लामा र डाक्टर केदार नरसिह के सी रहेका छन् । यस्तै निरन्जन थापा, विजय के सी, महेन्द्र थिङ, रमेशकुमार महत, शिबप्रसाद अधिकारी, भवानी देबकोटा, रामेश्वरप्रसाद भण्डारी बैकुण्ठ खनाल क्षेत्र नमबर १ बाट केन्द्रीय महाधिवेसन प्रतिनिधिमा बिजयी भएका छन् । अमृता नेपाल डंगोल, सरस्वति मल्ल श्रेष्ठ, मैया शेर्पिनी, टिका बहादुर पुलामी मगर, कुमार गुरुङ, सुर्य बहादुर तामांग कल्पना नेपाली र उपेन्द्र मिश्र केन्द्रीय महाधिवेसन प्रतिनिधिमा बिजयी भएका छन् । क्षेत्रीय सभातीमा विजयी हुनुभएका धु्रव श्रेष्ठलाई नेता द्धय महत र तामाङको समर्थन रहेको थियो भने क्षेत्री सभापतीका अर्का उम्मेदवार विषम रिमाललाई नेता केसीको समर्थन रहेको थियो । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नम्बर १ मा २५ जना केन्द्रीय महाधिवेसन प्रतिनिधि मध्ये २० जना श्रेष्ठ प्यानलबाट र ५ जना रिमाल प्यानलबाट विजयी भएका छन् ।