एमालेको १०औं महाधिवेशनका लागि नुवाकोटबाट १७ प्रतिनिधि

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक २८, आईतबार

एमाले, महाधिवेशन, चितवन, नारायणप्रसाद खतिवडा

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नुवाकोटबाट १७ प्रतिनिधि चयन गरेको छ ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो । एक जना प्रतिनिधिको लागि थप छलफल भइरहेको नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले बताउनुभएको छ । नेकपा एमाले नुवाकोटबाट १७ जना प्रतिनिधिको लागि ८१ जनाको उम्मेद्ववारी परेपनि छलफल मार्फतनै सर्वसम्मत रुपमा प्रतिनिधिको चयन गरेको नेकपा एमाले नुवाकाटले जनाएको छ । 
नेकपा एमाले बागमती प्रदेश सचेतक एंव पूर्व मन्त्री केशव पाण्डे, प्रतिनिधि सभाका सांसद एंव एमाले नुवाकोटका अध्यक्ष नारायण प्रसाद खतिवडा र उपाध्यक्ष एंव पूर्व मन्त्री बद्री मैनालीसहित १६ जना प्रतिनिभि चयन भएका छन् । नुवाकोटको निर्बाचन क्षेत्र नम्बर १ बाट बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशिराज अधिकारी, पुर्णलाल श्रेष्ठ, शर्मिला थपलिया, जित बहादुर घले, मंगलमाया प्रजापति र केशव सेञ्चुरी रहनु भएको छ । 
यस्तै, नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ बाट केशवराज पाण्डे, नारायण प्रसाद खतिवडा, रामशरण प्याकुरेल, बुद्धी बहादुर प्रधान, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गिता दाहाल,  उषाकिरण तिम्सेना रहनु भएको छ । बाँकि १ जना टुङग्याउन बाँकि रहेको नेकपा एमाले नुवाकोटले जनाएको छ ।