लक्ष्मी पुजाको दिन के गर्ने के नगर्ने ?

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १८, विहिबार

लक्ष्मी पुजा, तिहार, लक्ष्मी



-कपिलदेव खनालको फेसबुकबाट

१. कसैलाई खाली हात नफर्काउनुस् : तिहारको समयमा भिखारी वा अन्य देउसी भैलो खेल्न आएका मानिसहरुलाई खाली फर्काउनु हुन्न । उनीहरुलाई केही न केही अवश्य दिएर पठाउनु होला ।

२. लक्ष्मी पुजाको रात नसुत्नु : लक्ष्मी पुजाको रात नसुत्नुस्, बरु रातभर जाग्राम बसेर देवी लक्ष्मीको मन्त्रलाई विधि विधानसँग जाप गर्नुहोस् ।

३. ननुहाई फुल नटिप्नुस् : ननुहाइ पुजाको लागि फूल नटिप्नुहोस् । नुहाएर मात्र पुजाको लागि फूल टिप्नुस् । ननुहाइ टिपेको फूलले पुजा नगर्नुस् ।

४. मादकपदार्थ नपिउनुस् : लक्ष्मी पुजाको रात कुनै प्रकारको मादक पदार्थ नपिउनुहोस् ।

५. कसैसँग झगडा नगर्नुस् : लक्ष्मी पुजाको दिन केही मानिसहरु हरेक कुरामा झगडा गर्ने गर्छन् । तर, लक्ष्मी पुजाको दिन कसैसँग पनि वादविवाद नर्गुस् । मनलाई शान्त राख्नुस् ।

६. आफुभन्दा ठूलोलाई नराम्रो नभन्नु : लक्ष्मी पुजाको दिन आफुभन्दा ठूलोको अपमान हुने काम नगर्नुस् । बरु पुजा गरेपछि सबैलाई दर्शन गरी आशिर्वाद लिनुहोस् ।

७. बासी फूल नचढाउनुुस् : लक्ष्मी पूजाको दिन देवी लक्ष्मीलाई बासी फूल नचढाउनुस् । देवी लक्ष्मीको पूजा गर्दा भखरै टिपेको ताजाफूलको प्रयोग गर्नुस् ।

८. जुवा नखेल्नुहोस् : लक्ष्मी पूजाको दिन प्रायः मानिसहरु जुवा खेल्ने गर्छन् । देवी लक्ष्मीको कृपा पाउन चाहनुहुन्छ भने जुवा खेल्ने काम पनि नगर्नुस् ।

९. स्त्रीसँग सम्बन्ध नबनाउँनुस् : लक्ष्मी पुजाको रात आफ्नो पत्नी या कुनै परस्त्रीसँग सम्बन्ध नबनाउनुस् ।

१०. भेदभाव नगर्नुस् : लक्ष्मी पूजाको दिन उपहार दिँदा सबैलाई बराबर दिनुहोस् । भेदभाव गर्नाले देवी लक्ष्मी रिसाउन सक्छिन् ।

११. घरको झ्याल र ढोका : लक्ष्मी पूजाको दिन घरको मुख्य झ्याल र ढोका खुल्ला राख्नु पर्छ, जसले तपाईंको घरमा सुख र शान्ति कायम रहन्छ । घरको मुख्य ढोका अगाडि रंगोली बनाउनु पर्छ । मुख्य ढोकाको उत्तर दिशामा रातो अबिरले स्वस्तिक बनाउनु पर्छ, त्यसो गर्दा अति शुभ हुन्छ ।

१२. सर सफाई : पूजामा प्रयोग हुने किताब र अन्य कुराको सरसफाई लक्ष्मी पूजाको दिन बिहान नै गर्नु पर्छ । साँझ परेपछि घरको कुनै ठाउँको पनि सरसफाई गर्नु हुँदैन । त्यसो गर्नाले माता लक्ष्मी रिसाउँछिन् भन्ने धार्मिक मान्यता छ ।

१३. नुन र पानी मिसाएर छर्कनु पर्छ : लक्ष्मी पूजाको दिन घरमा नुन पानी छर्कनु पर्छ । लक्ष्मी पूजाको दिन बिहान नुन पानी छर्कनु पर्छ । त्यसो गर्दा घरको वातावरण शुद्ध हुन्छ । वर्षभरी प्रवेश गरेका नकारात्मक शक्तिहरुबाट पनि मुक्ति मिल्छ ।

१४. मूर्ति स्थापना : लक्ष्मी पुजाको समय मन्दिरमा राखिने गणेश र लक्ष्मीको मूर्तिलाई घरको उत्तर दिशामा स्थापित गर्नु पर्छ । लक्ष्मी पूजा गर्दा कुवेरको मुर्ति स्थापना गर्न बिर्सनु हुँदैन । उत्तर दिशातर्फ मूर्ति स्थापना गरेर पूजा गर्दा दुई गुणा फल प्राप्त हुनुको साथै घरको वास्तु दोष पनि समाप्त हुन्छ ।

१५. कालो रंगको वस्त्र : लक्ष्मी पूजाको दिन कालो रंगको वस्त्र लगाउनु हँुदैन । विशेष गरेर पूजा गर्दा कालो रंगको कुनै पनि वस्तु प्रयोग गर्नु हुँदैन । कालो रंगका वस्तुको प्रयोगले माता लक्ष्मी रिसाउन सक्छिन्, जसको नराम्रो परिणाम तपाईले बर्ष भरि नै भोग्न पर्ने हुन सक्छ ।

१६. फुटेका भाँडा : लक्ष्मी पूजाको दिन फुटेका भाँडाको प्रयोग गर्नु हुँदैन । घरमा आएका पाहुनालाई फुटेका भाँडामा खाना खान दिनाले पनि घरमा गरीवी बढ्छ र जीवनमा वास्तुदोष उत्पन्न हुन्छ ।

१७. खन्डित मूर्ति : पूजाको समयमा कुनै पनि भगवानको मूर्ति खन्डित छ कि छैन भन्ने कुरा ध्यान दिनु पर्छ । खन्डित मूर्ति र तस्वीरको पूजा गर्नाले देवी–देवता रिसाउछन् ।

१८. गणेश पूजा : गणेश भगवान विवेक र बुद्धिको प्रतीक हुन् र लक्ष्मीलाई धन–सम्पत्तिको देवी मानिन्छ । धन–सम्पत्ति सधैं त्यहि व्यक्तिसंग मात्र टिक्छ, जसले सोच विचारका साथ काम गर्छ । त्यसैले भगवानसंग धन पदार्थ माग्नु पुर्व त्यसलाई सम्भालेर राख्नको लागि बुद्धि माग्नु आवश्यक छ ।