सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ : अर्थमन्त्री शर्मा

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ कार्तिक १५, सोमबार

जनार्दन शर्मा, अर्थमन्त्री, सरकार, नुवाकोट, ककनी

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । सोमबार नुवाकोटको ककनीमा आयोजित वडा कार्यालय भवनको समुद्धघाटन कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको सरकारले जनउत्तरदायीत्व बहन गर्दै जनताको हित हुने प्रकृतिका योजनाहरु प्रस्तुत गरेको बताउनुभएको छ । 
सरकारले छोटो समयमा प्रतिस्थापन विधेयक मार्फत् सरकारले युवा, महिला, विद्यार्थी, बालबालिका, घाइते, अपाङ्ग, शहीद परिवार र गरिब जनताको मुद्धामा थोरै भएपनि बजेट विनियोजन गरेर सम्बोधन गर्ने काम गरेको मन्त्री शर्माले बताउनुभएको छ । 
सरकार समाजवाद उन्मुख कार्यक्रम कार्यान्वयनतर्फ अग्रसर भएर काम गरिरहेको उहाँले बताउनुभउको छ ।  सरकार उत्पादनमुखि उद्योग भन्दा स्थापना र संचालन, कृषि क्षेत्रको विकासमा केन्द्रीत रहेर काम गरिरहेको उनको भनाई छ । सरकारले शिक्षा क्षेत्रको विकासमा पनि नयाँ प्रयोगको सुरुवात गरेको उहहाँले बताउनुभएको छ । 
देशको व्यापार घाटा कम गर्न र अर्थतनत्र उकास्नका लागि सरकारले बन्द उद्योगहरु संचालनको नीति लिएको उहाँको भनाई रहेको छ । सरकारले नयाँ उत्पादनमुखि उद्योगहरु स्थापना गरी खेर गइरहेको विद्युत खपतको योजना बनाइरहेको बताउनुभएको छ । 
सरकारले आयात प्रतिस्थापन गरी निर्यात बढाउने लक्ष्य लिएर उत्पादनमा जोड दिएको उहाँको भनाई छ । कृषि जन्य उत्पादनमा वृद्धि गर्न सहुलियत कर्जा, सामुहिक कृषि उत्पादन योजनाहरु ल्याएको मन्त्री शर्माले बताउनुभएको छ ।  युवाहरुले सरकारले ल्याएका ती योजनाहरु कार्यान्वयनमा सघाउ पु¥याउन सो बारे गाउँ–गाउँमा प्रचार प्रसार गर्नुपर्ने र युवाहरुलाई संगठित गरी व्यवसायीक कृषि उत्पादनमा लाग्न जोड दिनुभएको छ । कार्यक्रममा पुर्वमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेशका उपसभामुख राधिका तामाङलगायतको सहभागिता रहेको थियो । 

जनार्दन शर्मा, अर्थमन्त्री, सरकार, नुवाकोट, ककनी

युवाहरु संगठित हुनुपर्छ
मन्त्री शर्माले विगतदेखिनै माओवादी केन्द्रले जनताको हित र परिवर्तनको मुद्धा बोक्दै आएकाले आज देशमा वर्तमान अवस्थासम्म आइपुग्न सफल भएको बताउनुभएको छ ।  उहाँले जनताको पक्षमा लागेर जनताको अधिकार जनतालाई नै दिनुपर्छ भन्दै माओवादी संघर्षमा लागेकै कारणले आज देशमा असम्भव मानिएको व्यवस्था परिवर्तन पनि सफल भएको बताउनुभएको छ । 
‘देशमा निरंकुश शासन र सामन्तवादको विरुद्ध लड्ने साहस कसैले गरेनन्, माओवादी र प्रचण्डको साहसबाट मात्र आज देशमा यो परिवर्तन प्राप्त भएको छ । देशमा सामन्तवादको अन्त्य माओवादी र प्रचण्ड कै कारण आएको हो, जनताको हक अधिकार संविधानमा लेख्ने काम माओवादीले नै गरेको हो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र संविधान प्राप्त हुनुमा माओवादी आन्दोलन र प्रचण्डले महत्वपूर्ण योगदान रहेको छ । माओवादीले ल्याएको परिवर्तन देखाएर हिजो असम्भव मानेर बसेका दलहरु आज हामीले ल्याएको व्यवस्था भन्दै व्याख्या गर्नु बेकार हो,’ मन्त्री शर्माले भन्नुभयो । 
‘देशको नेतृत्व अब युवा पुस्ताको हातमा आएको छ । हामीले प्रचण्डलाई नेतृत्व मानेर माओवादीका सिद्धान्त र एजेन्डालाई आत्मसाथ गर्नुको विकल्प छैन् । त्यसैले अब पुनः माओवादीहरूले २०६४ को अवस्थामा फर्कने हो भने सच्चिएर आत्मसमीक्षा गर्दै एकतावद्ध हुन जरुरी छ ।’ उहाँले थप्नुभयो । 
विगतको परिवर्तनको संवाहक माओवादी र त्यसको नेतृत्वकर्ता प्रचण्डलाई समाप्त पार्ने खेल प्रतिगामी तत्वहरुबाट भइरहेकाले त्यसका विरुद्ध सजग भएर काम गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभएको छ । 

जनार्दन शर्मा, अर्थमन्त्री, सरकार, नुवाकोट, ककनी