भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन १६, शनिबार

भिटामिन ‘ए’, भिटामिन ए, सरकार,  भिटामिन

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने छ । उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको हो। मिति परिवर्तन भएको जानकारी सबै ७५३ वटै स्थानीय तहलाई गराइएको छ । भिटामिन ‘ए’ कार्यक्रमका लागि सहजिकरण गरिदिन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध पनि गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ ।
 

You may also like: