तिहारपछि नुवाकोटमा ५ सय कैदीबन्दी राखिने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन १६, शनिबार

नुवाकोट,केन्द्रिय कारागार,कारागार,कैदीबन्दी

नुवाकोटमा निर्माधिन अवस्थामा रहेको केन्द्रिय कारागारको निर्माण अन्तिम चरणमा पुगेको छ । विदुर नगरपालिकाको वडा नम्बर ६ को खम्बाली क्याम्पमा ५ सय ३४ रोपनी सरकारी जग्गामा निर्माणाधीन केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको ८९ प्रतिशत काम सकिएको छ । 
वि.सं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौंमा रहेको केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही निणर्य अनुसार निर्माण भइरहेको केन्द्रीय कारागार नुवाकोटमा ७ हजार कैदीबन्दी अट्ने क्षमताको हुनेछ । 
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत ४२ करोड रुपैयाँको लागतमो संरचना निर्माण भइरहेको छ । 
हालसम्म २९ करोड रुपैयाँ निकासा भइसकेको छ । दैनिक रुपमा १ सय ५० भन्दा बढी कामदारले काम गरिरहेको जिल्ला कारागार नुवाकोटका प्रमुख वाग्लेले जानकारी दिनुभएको छ । कारागारमा निर्माण हुने ५ वटा सेक्सन मध्ये एउटा सेक्सनको काम अन्तिम चरणमा पुगेको छ । उक्त सेक्सनमा १३ सय ७० जना कैदीबन्दी अट्ने क्षमता रहेको छ । अहिलेकै रफ्तारमा निर्माण कार्य हुने हो भने माघ फागुनसम्ममा १३ सय ७० जना कैदीबन्दीलाई नै राख्न सकिन्छ ।

नुवाकोट,केन्द्रिय कारागार,कारागार,कैदीबन्दी

कामको रफ्तार बढाउनलाई दवाव दिनको लागि पनि तिहार लगत्तै ५ सय कैदीबन्दी राखिने जिल्ला कारागार नुवाकोटका प्रमुख दुर्गा वाग्लेले बताउनुभएको छ । कारागार निर्माणका लागि खम्बाक्याम्पमा रहेको करिब ५ सय ३४ रोपनी सरकारी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । 
निर्माणाधीन केन्द्रीय कारागारमा खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी निर्माण कार्य अघि बढिरहेको छ ।

You may also like: