कोरोना सक्रमण दर ६ प्रतिशतमा आयो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन ११, सोमबार

कोरोना सक्रमण, जनसंख्या मन्त्रालय, आईसीयू

नेपालमा कोरोना भाइरसको सक्रमण दर ६ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशतमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ८१ हजार नौ सय ३९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७९ जना निको भएसँगै कोरोना सक्रमणमुक्त हुनेको संख्या सात लाख ६१ हजार एक सय ५४ पुगेको छ ।
यही अवधिमा थप नौ जना कोरोना सक्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा १९ हजार एक सय ४२ जना सक्रिय सक्रमित रहेकामा तीन सय ६८ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक लाख दुई हजार तीन सय एक मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख ३६ हजार चार सय एक र एक मात्रा लगाउनेको संख्या ६६ लाख नौ हजार दुई सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

You may also like: