सबैभन्दा बढि बालबिबाह नुवाकोटमा

Uttargaya Media Pvt. Ltd

२०७८ अश्विन ५, मंगलबार

बालबिबाह, नुवाकोट

बढ्दो आधुनिकताले समाजमा पार्ने नकारात्मक असर पनि उत्तिकै पर्दे गएको पाईन्छ । अहिले मोबाइलका कारण धेरै बालबालिकाहरूले भागी विवाह गर्न थालेको तथ्याङ्कले देखाएको छ । जसका कारण बाग्मती प्रदेशमा सबैभन्दा बढि बालबिबाह हुने गरेको तथ्याङ्कले देखाएको छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी बालविवाह नुवाकोटमा हुने गरेको देखाएको छ । नुवाकोट जिल्लामा भएका कुल विवाहमध्ये ६२.५८ प्रतिशत बालविवाह भएको सरकारी तथ्याङकले देखाएको छ । 
बाग्मती प्रदेशको धादिङमा ६२.९ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांक छ । प्रदेशमा सबैभन्दा कम बालविवाह काठमाडौंमा ३९.११ प्रतिशत मात्रै छ । 
अध्ययनले आदिवासी जनजातिहरूको बाहुल्य रहेका क्षेत्रमा बालविवाह बढी हुने गरेको देखाएको छ । वाग्मती सरकारले प्रदेशबाट २०७८ भित्रै बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरेपनि अध्ययनले त्यस्तो संकेत देखिएको छैन् । 
बरु बालविवाहको प्रवृत्ति नै बदलिएको सरकारी प्रतिबेदनले औंल्याएको छ । सानै उमेरमा विवाह गर्दा आमा र उसबाट जन्मने शिशु थप जोखिममा पर्ने गरेका छन । धेरैको विवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको समेत पाइएको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ ।  विसं १९१० को मुलुकी ऐनमा विवाहका लागि केटीको न्यूनतम उमेर ५ वर्ष तोकिएको थियो । विसं २०२० को मुलुकी ऐनले अभिभावकको अनुमतिमा केटीको १८ र केटाको २० वर्ष कायम गरिएकोमा केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ ले दुवैको उमेर २० वर्ष नपुगी बिहेबारी गर्न रोक लगाएको छ । 
यसैगरी, मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ भने यस्ता विवाह स्वतः खारेज हुने व्यवस्थासमेत छ ।

You may also like: