नुवाकोट काँग्रेस अधिबेसन, वडातहमा बहादुरको पल्लाभरी, कुन पालिकामा कोको आकाँक्षी ?

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन ४, सोमबार

नुवाकोट काँग्रेस,नेपाली काँग्रेस, अर्जुन नरसिंह केसी, रामशरण महत

नेपाली काँग्रेसको आसन्न १४ औ महाधिबेसन नसजिकिएसँगै नुवाकोटमा पालिका सभापतीमा बिभिन्न ब्यक्तिहरुले दाबि प्रस्तुत गर्न थालेका छन् । 
भदौ २१ गते सम्पन्न भएको वडा अधिबेसन पछी असोज ९ गते पालिकाहरुको अधिबेसन मिति तोकिएको छ । असोज ९ गते हुने पालिका अधिबेसनमा नुवाकोटका १२ वटै स्थानिय तहमा बिभिन्न ब्यक्तिहरुले आफ्नो दाबि प्रस्तुत गर्न थालेका छन् । केहि स्थानिय तहहरुमा पुरानै ब्यक्तिले दाबि गर्न थालेका छन् । भने केहि स्थानिय तहहरुमा नयाँ ब्यक्तिहरु देखिन थालेका छन् । वडा तहबाटनै युवाहरुको सक्रियता बढेसँगै स्थानिय तहमा समेत युवाकै नेतृत्वको चर्चा सुरु हुन थालेको छ । 

यसअघिका अबिधेसनमा अर्जुन नरसिंह केसी र डाक्टर रामशरण महत पक्षमा लडाई चल्दै आएको नुवाकोटमा अब उहाँहरुले बहादुर सिंह लामा र प्रकाशशरण महत पक्षसंग पेचिलो चुनाव खेल्नुपर्ने अबस्था आएको छ । 

गत भदौ २१ गते सम्पन्न वडा अबिधेसनमा आफ्नै भान्छाका मान्छेहरु वडा बाटै बडारिएपछि नुवाकोट काँग्रेसको  लामो ईतिहास लामा र भाई महतले हुत्याउने प्रवल सम्भावना देखिएको पुराना काँग्रेसका नेताहरुले बताउन थालेका छन् । 

नुवाकोटमा सबैभन्दा बढि चर्चामा रहेको विदुर नगरपालिकामा शंकर पाण्डे, गिता अमात्य, बद्रि रिमाल, हरिलाल श्रेष्ठलगायतकाको नाम नगर सभापतिमा चर्चामा रहेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत आफु सभापतिको दाबेदार रहेको प्रस्तुत गरिसकेका छन् । यस्तै, बेलकोटगढी नगरपालिकामा लेखनाथ मुडबरी, श्रीकृष्ण पाण्डे, बैकुण्ठबहादुर पाण्डेको नाम चर्चामा रहेको छ । तादी गाँउपालिकामा पालिका अध्यक्ष समेत रहनु भएका नारायणप्रसाद पाण्डे, बिष्णु पाठक र दिनेश खनालले गाँउपालिका आफ्नो पक्षमा पार्नको लागी आआफ्नो लबिङ गरिरहेका छन् । 
यस्तै दुप्चेश्वर गाँउपालिकामा रोजलाल मोक्तान, रमेश तामाङ, विकेश पण्डितलगायतकाको नाम चर्चामा रहेको छ । लिखु गाँउपालिकामा वडा नम्बर १ का वडा अध्यक्ष नरहरी पाण्डे र थानसिंहका विनोद पाठक पालिका सभापति आफ्नो पोल्टामा पार्न कस्सिएका छन् । यस्तै, सुर्यगढी गाँउपालिकामा युवाहरु नेताहरु शंकर प्याकुरेल, रामकुमार गिरी र दिपेन्द्र गिरीको नाम चर्चामा रहेको छ । तारकेश्वर गाँउपालिकामा केशव अर्याल, हरी श्रेष्ठ र शिब अधिकारीको नाम चर्चामा रहेको छ । यस्तै, पञ्चकन्या गाँउपालिकामा यमबहादुर थापा, गणेश सिटौला, कृष्ण मिश्र, माधब खनाल, उपेन्द्र मिश्रहरु आआफ्नै लबिङ्मा उत्रिएका छन् । ककनी गाँउपालिकामा  अशोक सुप्पल तामाङ, बिष्णु गुरुङको नाम सुनिदै आएको छ । म्यागङ गाँउपालिकामा गरबहादुर तामाङ र सिंहराज तामाङ किस्पाङमा छेत्रबहादुर तामाङ र रणबहादुर तामाङको नाम चर्चामा रहेको छ । त्यसैगरी शिवपुरी गाँउपालिकामा लालबहादुर तामाङ, कविराज गुरुङ, माधब भेटवाललगायतले आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । 
पालिका पछि हुने क्षेत्रिय अबिधेसनमा क्षेत्र नम्बर १ मा ध्रुव श्रेष्ठ, उपेन्द्र कुईकेल र बिषम रिमाल आफ्नै पक्षको लबिङमा देखिएका छन भने उक्त क्षेत्रको क प्रदेशमा सरोज केसी, सुसिल खड्का र प्रेमबहादुर पाठक आआफ्नै लबिङ्मा जुटेका छन् भने ख प्रदेशमा रामजी पौडेल र ऋषी तामाङ आआफ्नै लबिङ्मा जुटेका छन् । 
यसैगरी छेत्र नम्बर २ को सभापतिमा बसन्त जंग ठकुरी, शिव दाहाल, जगतबहादुर तामाङ, प्रताप सिंह लामाको नाम चर्चामा रहेको छ । उक्त क्षेत्रको क प्रदेशमा आतम सिंह तामाङ र छेपोन तामाङ ख प्रदेशमा बिष्णु नेपाल, श्रीराम ढुङ्गाना र यादव नेपाल सभापति हुत्याउने दौडधुपमा लागिपरेका छन् । 
कतिपय पालिकामा उम्मेदवारहरु बिच सर्वसम्मतको प्रयास भैरहेको छ भने कतिपय कुनै पालिकामा आकाँक्षीहरु धेरै देखाएर अन्तिममा आफनो नजिककोलाई सभापति बनाउने दाउमा नेताहरु जुटेको देखिन्छ ।  

You may also like: