माधव नेपालको नेतृत्वमा बाम एकताको निर्णय भैसक्यो : साँसद खतिवडा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन ३, आईतबार

बिरोध खतिवडा,बाम एकता,  नेकपा एकीकृत समाजवादी, समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय नेता एवं संघिय साँसद बिरोध खतिवडाले माधव नेपालको नेतृत्वमा बाम एकता हुने निर्णय भैसकेको बताउनुभएको छ । पार्टीको नुवाकोट  जिल्ला कमिटि गठन तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साँसद खतिवडाले नेकपा समाजबादी, नेकपा माओबादी केन्द्र, उपेन्द्र यादब नेतृत्वको जसपा, जनमोर्चा पार्टि एक ढिक्का भएर अगाडी बढ्ने निर्णय भैसकेको बताउनुभएको छ ।  यता, माओबादी केन्द्रबाट अलग्गिएका मोहन बैद्य किरण र बिप्लब माओबादीसँग समेत छलफल भैरहेको उहाँले बताउनुभएको छ । बाम एकतासँगै मुलुकमा नयाँ आयम सहित राजनितिक धरातलमा परिबर्तन आउने उहाँले उद्घोष गर्नुभएको छ । जिल्ला कमिटि घोषणा गर्दै केन्द्रीय सदस्य बिरोध खतिवडाले पार्टी विभाजित हुँदा नेता, कार्यकर्ताहरूलाई कसको. नेतृत्वमा जाने भन्नेबारे निर्णय लिन समस्या भएको भन्दै आगामी दिनमा बहुमत कार्यकर्ताहरु नेकपा समाजवादीमा सहभागी हुने बताउनुभएको छ । तत्कालिन प्रधानमन्त्रि केपि शर्मा ओलीको स्वच्छ्याकारी निर्णय र ब्यक्तिगत स्वार्थका कारण कम्युनिष्ट आन्दोलनलाई तुहाउने काम भएको उहाँले बताउनुभएको छ ।  

बिरोध खतिवडा,बाम एकता,  नेकपा एकीकृत समाजवादी, समाजवादी

जबजको सिद्धान्त र कम्युनिष्ट आन्दोलनको अग्रणिहरुको सम्मानमा दुई सब्द समेत राख्न नदीई तत्कालिन ओलीले पार्टि एकता र दुई तिहाईको जनमतलाई व्यक्तिगत स्वार्थको लागी एकै झट्कामा सिध्याएको उहाँको आरोप रहेको छ । 
कार्यक्रममा नेकपा समाजबादीका नेता एवं पुर्व साँसद राजेन्द्र लोहनीले प्रतिगमन बिरुद्धको लढाईमा सँगै लढेकाहरुले अन्तिम समयमा आएर पुन प्रतिगमनकै साथ दिएको बताउनु भयो । नुवाकोटमा प्रतिगमन बिरुद्धको आन्दोलनमा सँगसँगै होमिएका नेता कार्यकर्ताहरु बिचलित नभई समाजबादी पार्टिमा एकाग्र हुनको लागी आग्रह गर्नुभएको छ । 
कार्यकर्ता भेलाले नुवाकोटको संयोजकमा गोबिन्द नेपालीलाई  चयन गरेको छ । 
गोबिन्द नेपालीलाई संयोजक तोक्दै १ सय ५१ सदस्यिय जिल्ला कमिटि गठन गरेको छ । जिल्ला कमिटि सल्लाहाकारमा राजेन्द्र प्रकाश लोहनी, अच्युत पाण्डे र सुर्य कँडेल रहनुभएको छ । नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्व रहने गरी गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।  जिल्ला भेलाले ओम प्रकाश श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यिय बिद्यार्थि संगठनको घोषणा गरेको छ । जसको सह संयोजकमा रमेश गिरी र प्रदिप नेपाल चयनहुनुभएको छ । यस्तै, जिल्ला भेलामा तत्कालिन प्रेस चौतारी नुवाकोट प्रेस समाजबादीमा समाहित भएको छ । भोला पौडेलको संयोजकत्वमा प्रेस समाजबादीमा समाहति भएको घोषणा गरिएको छ । 

बिरोध खतिवडा,बाम एकता,  नेकपा एकीकृत समाजवादी, समाजवादी

You may also like: