नुवाकोटमा कोरोनाको १२८ जना सक्रिय संक्रमित 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र ३१, विहिबार

कोरोना, सक्रिय संक्रमित; नुवाकोट

बिहिबार नुवाकोटमा ८ जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार २८ जनाको परिक्षण गरिएकोमा पिसीआर विधिबाट ६ जना र एन्टिजेन विधिबाट २ जना गरी ८ जना कोरोना संक्रमित भेटिएको हो । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या ७ हजार ९ सय १४ पुगेको छ । अहिल नुवाकोटमा सक्रिय कोराना संक्रमितको संख्या १ सय २८ रहेको छ । जसमा सबैभन्दा धेरै विदुर नगरपालिकामा ७९ जना, लिखु गाँउपालिकामा १५ जना, बेलकोटगढी नगरपालिकामा ८ जना, किस्पाङ र शिवपुरी गाँउपालिकामा ५/५ जना, ककनी, तारकेश्वर र दुप्चेश्वर गाँउपालिकामा ३/३ जना, सुर्यगढी गाँउपालिकामा २ जना रहेका छन् भने म्यागङ र तादी गाँउपालिकामा १/१ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
सक्रिय संक्रमितहरुमध्ये ११ जना अस्पतालमा, १० जना स्थानिय तहको आईसोलेसनमा रहेका छन भने १ सय ७ जना होम आईसोलेसनमै बसेर उपचार भैरहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमाज खनालले जानकारी दिनुभएको छ । नुवाकोटमा कोरोना संक्रमणको पहिलो वेभमा १ र दोश्रो वेभमा ४६ जना गरी ४७ जनाले ज्यान गुमाएका छन् । 

You may also like: