लोक गायक तथा संचारकर्मी दिपक थापाको “तिमी तिर गैरन्छ ध्यान मात्रै” सार्वजनिक

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र १४, सोमबार

dipak thapa, तिमी तिर गैरन्छ ध्यान मात्रै, दिपक थापा, नुवाकोट, प्रेमिल जोडि

नुवाकोटका चर्चित लोक गायक तथा संचारकर्मी दिपक थापाको लोक गित “तिमी तिर गैरन्छ ध्यान मात्रै” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गितमा दिपक थापा र चर्चित लोक गायिका पार्वती कार्कीको आवाज रहेको छ । विभिन्न रमणिय तथा पर्यटकिय स्थलहरुमा छयाङ्कन गरिएको उक्त म्युजिक भिडियो गायक दिपक थापाको आफ्नै युट्युव च्यानल dipak thapa मार्फत सार्बजनिक गरिएको छ । गितमा एकअर्कामा जादुमय प्रेम बन्धनमा बाधिएका प्रेमील जोडिहरुको माया विबाहको लागी सफल हुन नसकेपछिको कथालाई जोडिएको छ । दुई अति प्रेमिल जोडिहरु लामो समयको पर्खाइपछि चाहेर पनि एक अर्काको हुन नसकेपछी कर्म लाई दोस दिदै अगि बडिरहेको भाब गितमा झल्किएको छ । 
टिकटक मार्फत हजारौ श्रोताहरुको मन जित्न सफल काठक्षेत्रको मेलोडियस गित “तिमी तिर गैरन्छ ध्यान मात्रै” लामो समयको प्रतिक्षा पछि भिडियोमा आएपछि श्रोताहरुको  भिड सामाजिक सञ्जालमा छाएको छ । गित छयाङ्कनको लागी चर्चित गायक मदन थापाको  अहम भुमिका रहेको छ । गितमा चर्चित मोडल आयुस्मा कार्की, सुर्दशन खतिवडा, रामकुमार दुतराजको अभिनय रहेको छ ।
नुवाकोट जिल्ला स्थायि घर भएका गायक थापा  नुवाकोटबाट सञ्चालित रेडियो जालपामा कार्यरत हुनुहुन्छ । रेडियो मार्फत लोकदोहारीमा लाखौ श्रोताहरुको मन जित्न सफल हुनुभएका गायक थापाको अन्य लोकदोहारी गितहरुपनि छयाङ्कन तयारीमा रहेका छन् । 

You may also like: