नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुग्यो 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ श्रावण १३, बुधबार

कोरोना संक्रमण, स्वास्थ्य कार्यालय नुवाकोट, आईसियु, भेन्टिलेटर

नुवाकोटमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । पछिल्लो २४ घण्टामा नुवाकोटमा ४२ जना कोरोना संक्रमित थपिएका छन् भने ६५ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङकमा रहेको छ । पछिल्लो २४ घण्टामा १ सय ३३ जनाको स्वाब परिक्षण भएको थियो । उनिहरु मध्ये ४२ जनामा संक्रमण पुष्टि भएको पिसिआर प्रयोगशालाले जनाएको छ । 
पछिल्लो समय दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुन थालेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । कोरोना संक्रमणको तेश्रो वेभ पुष्टि भैसकेको नुवाकोटमा दिनानुदिन संक्रमितहरुको मृत्यु हुन थालेको हो । नुवाकोटमा कोरोनाको पहिलो वेभमा १ जनाको मृत्यु भएको थियो । भने दोश्रो वेभका कारण ३९ जनाको मृत्यु भैसकेको छ । अहिले पनी त्रिशुली अस्पतालमा आईसियु र भेन्टिलेटरमा राखेर कोरोना संक्रमितहरुको उपचार भैरहेको छ । 
त्रिशुली अस्पतालमा ३८ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै, स्थानिय तहहरुले निर्माण गरेको संस्थागत आईसोलेसन सेन्टरहरुमा २५ जना र ४ सय ५ जना स.क्रमित होम आर्यसोलेसनमा उपचाररत रहेका छन् । 
    पछिल्लो २४ घण्टामा सबै भन्दा बढि बिदुर नगरपालिकाको १९ जना ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । यो सँगै बिदुर नगरपालिकामा हाल १ सय ६६ जना शक्रिय कोरोना संक्रमित रहेका छन् । हाल नुवाकोटमा ४ सय ६८ जना सक्रिय संक्रमित रहेको तथ्याङ स्वास्थ्य कार्यालय नुवाकोटले सार्वजनिक गरेको छ ।