युवा संघ नुवाकोट सामाजिक कार्यमा सक्रिय : रक्तदान देखी बृक्षारोपण 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ असार २३, बुधबार

युवा संघ, रक्तदान, बृक्षारोपण 

राष्ट्रिय युवा संघ नेपाल नुवाकोट जिल्ला कमिटीले बृक्षारोपण गरेको छ । संघले वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ अन्तरगत बुधबार विदुर नगरपालिकाको वडा नम्बर १० गेर्खुटारको मनमोहन स्मृति पार्कमा  बृक्षारोपण गरेको छ । 
बेल, चाप, कागती, सिसौ, रुख कटर, तेजपत्ता लगायतका करिब ५ सय  बिरुवा बृक्षारोपण गरिएको संघका जिल्ला अध्यक्ष एवं केन्द्रिय सचिवालय सदस्य प्रज्वल सापकोटाले जानकारी दिनुभएको छ । 
बृक्षारोपण कार्यक्रममा संघका महासचिव रमेश आचार्य, सचिव एवं वागमती प्रदेश संगठन कमिटी सह– ईन्चार्ज महाराजा गुरुङ, नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिन्दा ढुङ्गाना, विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवकुमार  चित्रकार, संघका सचिवालय सदस्यहरु आर्यान श्रेष्ठ र राजु तिवारी केन्द्रीय सदस्यहरु दिपेश खड्का,सुरेश भण्डारी, केदार थपलियालगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा  बृक्षारोपण गरिएको जिल्ला अध्यक्ष  सापकोटाले जानकारी दिनुभएको छ ।

युवा संघ, रक्तदान, बृक्षारोपण 

 
केहि दिन अगाडी संघकै संहकार्यमा स्वार्गिय मदन भण्डारीको स्मृतिमा रक्तदान कार्यक्रम समेत भएको थियो । आगामी दिनमा पनि समाजिक कार्यको लागी राष्ट्रिय युवा संघ नेपाल जस्तोसुकै अबस्थामा पनि तयारी रहेको नुवाकोट अध्यक्ष प्रज्वल सापकोटाले बताउनुभएको छ । 

युवा संघ, रक्तदान, बृक्षारोपण