राप्रपाका फडिराज लोहनीको पहलमा त्रिशुली र खरानीटार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ असार ११, शुक्रबार

राप्रपा, अक्सिजन कन्सन्ट्रेटर, त्रिशुली, खरानीटार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सम्पादन समितिका सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष फडिराज लोहनीको पहलमा त्रिशुली अस्पताल र खरानीटार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको छ । सदस्य लोहनीले सेवाको लागि युवा (थ्यगतज ायच क्भधब) नामक सस्थाको सहयोगमा प्राप्त  अक्सिजन  कन्सन्ट्रेटर  जिल्ला अस्पताल  त्रिशुली  र क्षेत्रीय अस्पताल खरानीटारलाई  हस्तान्तरण गर्नुभएको हो ।
कोभिड–१९ महामारीविरुद्ध अग्रभागमा खटेका स्वास्थ्यकर्मीहरुले गरेको कार्यको उच्च प्रशंसा गर्दै सदस्य लोहनीले आफुले गरेको सानो सहयोगले कोभिड–१९ विरुद्धको अभियानमा थप सहयोग हुने बिश्वासका साथ उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुने बताउनुभएको छ । 
अक्सिजन कन्सन्ट्रेटरले  बिद्युत आपूर्ति अवरोध नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ ।  यस मेसिनको सहयोले अक्सिजन उत्पादन गरी हाल कोभिड विरामीहरुलाई नियमित सेवा दिदै आएको छ ।  क्षेत्रीय अस्पताल खरानीटारमा अस्पतालका गाँउपालिकाका अध्यक्ष नारायणप्रसद पाण्डेलाई अस्पतालका डाक्टर लक्ष्मी बोगटी  र राप्रपा तादीका अध्यक्ष राजेन्द्रकुमार उप्रेतीको उपस्थितिमा उपकरण  हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताल त्रिशुलीमा अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर दिपेन्द्र पाण्डे र राप्रपा बिदुरका अध्यक्ष प्रकाश जोशीको उपस्थितिमा उपकरण  हस्तान्तरण गरिएको  कार्यक्रममा राप्रपा केन्द्रीय कार्यसम्पदन समितिका सदस्य झनक प्याकुरेल,राप्रपाका जिल्ला कार्यसमितिका अध्यक्ष कुलबहादुर खड्गी,  राप्रपा केन्द्रीय बिधान मस्यौदा समितिका सदस्य एवं नेपाल राष्ट्रिय शिक्षक परिषदका बरिस्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, राप्रपा क्षेत्र नम्बर १ का अध्यक्ष बिमल थापा, राप्रपा  जिल्ला कर्य  समितिका सचिव दिपेश पाण्डे, जिल्ला कोषाध्यक्ष रत्न श्रेष्ठ र ईश्वर डङ्गोल राप्रपा जिल्ला सदस्य सुकदेब गजुरेल  राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय महामन्त्री  अक्कलबहादुर तामाङ  लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी लोहनीको समुहले थान्सिंङ स्वास्थ केन्द्र र बेलकोटगढी–१२ मदानपुरलाई ५÷५ थान पिपिई, पन्जा, सेनिटाइजर लगायतका स्वास्थ सामाग्रीहरु प्रदान गरिएको छ ।