यसोदादेवी भगवान सिंह ट्रस्ट सदैव नागरिकहरुको रक्षामा : देउराली स्वास्थ्य केन्द्रले एम्बुलेन्स पाउने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २७, विहिबार

यसोदादेवी भगवान सिंह ट्रस्ट, स्वास्थ्य केन्द्र, अर्जुन नरसिंह केसी, म्यागङ गाँउपालिका, यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्ट

यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटको विभिन्न स्वास्थ्य संस्थाहरुलाई अत्याधुनिक प्रबिधि सहितको स्वास्थ्य सामग्रीहरु बितरण गरेको छ । ट्रस्टले म्यागङ गाँउपालिकाको देउराली स्वास्थ्य चौकी, किस्पाङ गाँउपालिकाको काहुले स्वास्थ्य चौकी र तारकेश्वर गाँउपालिकाको स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेको हो । 
उक्त सामग्रीहरुमा अक्सिजन कन्सन्टेटर मेसिन ३÷३ थान, २÷२ हजार थान सर्जिकल माक्स र १०÷१० लिटर सेनिटाईजर बितरण गरेको ट्रस्टका महासचिव जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभएको छ । 
उक्त सामग्रीहरु हस्तान्तरण गर्दे ट्रस्टका संरक्षक एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले  विपद र महामारी जस्तो समयमा पार्टी र आफु नजिकका भन्दापनि सम्पुर्ण नागरिकहरुको जिवन रक्षाको लागी सबैपक्षको पहल हुन जरुरी रहेको बताउनुभएको छ । नुवाकोटको शिक्षा, स्वास्थ्यक्षेत्रमा आफ्नो राजनितिक जिवन लगानी गर्नुभएका नेता केसीको पहलमा अघिल्लो बर्षको कोरोना माहामारीको समयमा पनि त्रिशुली अस्पताल सहित नुवाकोटमा रहेका सम्पुर्ण स्वास्यसंस्था लगायत स्थानियतहहरुमा स्वास्थ्य सामग्रीहरु बितरण गर्नुभएको थियो । 

यसोदादेवी भगवान सिंह ट्रस्ट, स्वास्थ्य केन्द्र, अर्जुन नरसिंह केसी, म्यागङ गाँउपालिका, यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्ट

देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स
नेता केसीले म्यागङ गाँउपालिकामा रहेको देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टमार्फत एम्बुलेन्स उपलब्ध गराउने प्रबिद्धता व्यक्त गर्नुभएको छ । आफु स्वास्थ्य मन्त्री हुँदाको समयमा आफ्नै पहलमा दुर दराजका नागरिकहरुको स्वास्थ्यको मध्यनजर गर्दै निर्माण गरेको स्वास्थ्य केन्द्रको स्मरण गराउँदै नेता केसीले केहि महिनामै १ थान एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उक्त स्वास्थ्य केन्द्रको स्तर बृद्धिको लागी आफ्नो पक्षबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 
 

यसोदादेवी भगवान सिंह ट्रस्ट, स्वास्थ्य केन्द्र, अर्जुन नरसिंह केसी, म्यागङ गाँउपालिका, यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्ट

सामग्रीहरु हस्तान्तरण गर्दै ट्रस्टका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले नुवाकोटको स्वास्थ्य क्षेत्रको विकासको लागी आफ्नो तर्फबाट भएको पहलहरुको स्मरण गराउँदै आफु सदैव नागरिकहरुको सुरक्षाको लागी हरदम तयार रहेको बताउनुभएको छ । ट्रस्टका अध्यक्ष केसीको पहलमा नुवाकोटको विभिन्न सामुदायिक बिद्यालयहरुलाई कम्युटर सहितको शैक्षिक सामग्रीहरु लगायत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण भएको छ । 
कार्यक्रममा ट्रस्टका महासचिव एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले हेरक नागरिकहरुलाइृ आइपर्ने हरेक विपद वा महामारीको समयमा आफु सदैव अग्रपंतीमै रहेर कार्य गर्दै आएको बताउनुभएको छ । 
आफ्नो बाबुआमाको नाममा रहेको यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टमार्फत गरिएको सहयोग सम्पुर्ण नागरिकहरुलाई बराबर हुने र बराबर गर्दे आएको बताउनुभएको छ । देशको अवस्था सहज भएको समयमा एक पक्षिय राजनिति गरिन्छ तर विपद र महामारीको समयमा सबै नागरिकहरु एकसमान हुने उहाँको भनाई रहेको छ । उहाँकै पहलमा पार्टी कार्यालयलाई अक्सिजन सहितको आईसोलेसन कक्ष समेत बनाईएको छ ।  
केहिदिन अगाडी उहाँहरुकै पहलमा त्रिशुली अस्पताल, खरानीटार अस्पताल, देउराली स्वास्थ्य केन्द्रलाई भरिएको अक्सिजन सिलिन्डर सहित अन्य स्वास्थ्य सामग्रीहरु बितरण गरिएको थियो ।  सामग्री हस्तान्तरण कार्यक्रममा म्यागङ गाँउपालिकाका अध्यक्ष आशा लामाले ट्रस्ट मार्फत आफनो गाँउपालिकालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग भैरहेको बताउदै उक्त सामग्रीहरुको सहि सदुपयोग गरी नागरिकहरुको सुरक्षाका लागी प्रतिबद्ध रहेको बताउनुभएको छ । कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, प्रबक्ता राजु थापा, गाँउपालिकाका उपाध्यक्ष शान्ति गुरुङलगायत विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । 

यसोदादेवी भगवान सिंह ट्रस्ट, स्वास्थ्य केन्द्र, अर्जुन नरसिंह केसी, म्यागङ गाँउपालिका, यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्ट