बेलकोटगढी नगरपालिकामा बेथितीको चाङ, जनतालाई झुक्याउदै भागे मेयर साप 

रविन दाहाल
रविन दाहाल

२०७८ जेष्ठ २६, बुधबार

बेलकोटगढी नगरपालिका

नुवाकोटको बेलकोटगढी नगरपालिकामा बेथितीको चाङले सिमा नाघेको छ । नुवाकोटको अन्य स्थानिय तहको तुलनामा विकास निर्माण देखी हालको कोरोना माहामारीको समयमा पनि सुस्त गति रहेको बेलकोटगढी नगरपालिकामा एकपछि अर्कौ गर्दै बेथितिका चाङ भरिदै गएको छ । सामुदायिक बिद्यालय सञ्चालनको रकम हिनामिनाबाट भर्खरै चोखिएका मेयर राजेन्द्ररमण खनालको नाम कहिले बर्षोसम्म बृद्धभत्ता नदिएर ७० उमेर कटेका बृद्धबृद्धलाई दुःख दिनेदखी अन्य विकास निर्माणमा समेत ध्यान नदिएकोमा जोडिदै आएको  छ । 
यस्तै बेथितिको चाङमा फेरी अर्कोपनि विकास बिरोधी बेथिती थप्नको लागी सफल भएका छन मेयर खनाल । नगरपालिकाको वडा नं ६ को भौसीकाट्ने चौरमा खेलकुद मैदान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा हालसम्म नगरपालिकाले निर्माण सम्झौता नगरेपछि स्थानीयहरु निर्माणको लागि दबाव दिन नगरपालिका कार्यालय घेराउ गर्न पुगेका छन् । 

 

बेलकोटगढी नगरपालिका

बुधबार नगरपालिका घेराउ गर्न पुगेका वडा नम्बर ६ बासीलाई एकछिनमा आउछु भनेर कार्यालयबाट उम्किएका मेयर खनाल समस्या समाधानको लागी आफु कार्यालय फर्किनुको सट्टा २ ट्रक प्रहरी पठाएर जनता पिटाउने निर्देशनपछि स्थानियहरु आन्दोलित बनेका छन् । 
खेलकुद मैदान निर्माणको सम्झौतामा मेयर खनाल र प्रशासकिय अधिकृत दिपकप्रसाद खतिवडाले आलटाल गरेपछि नेपाली कांग्रेस वडा नं ६ का सभापति रेवतीप्रसाद नेपाल, नेकपा एमाले वडा अध्यक्ष अम्बिका तामाङ, माओवादी केन्द्रका वडा अध्यक्ष कमल सुवेदी, झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपालसहित खेलकुदको रकम खेलकुदमै लगाउनुपर्ने माग सहित निर्माणको लागि दबाव दिन सयौ स्थानीयले बुधबार  नगरपालिका घेराउ गर्न पुगेका छन् । 
खेलकुद मैदान निर्माणका लागि गत माघमानै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर लामाको अध्यक्षतमा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । तर समिति बनेको ५ महिनासम्म पनि नगरपालिकाले निर्माण सम्झौता गरी काम अघि बढाउन चासो नदेखाई दुखमात्र दिदै आएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेकाले अझैपनि सम्झौता नगरेर उक्त रकमलाई अन्यत्र रकमान्तर गर्न सक्ने भन्दै स्थानीयहरु नगरपालिका कार्यालय पुगेका थिए । 
नगरप्रमुखले उपभोक्ता समितिमा राजनीतिक उपस्थितलाई हतियार बनाएर विकास निर्माणमा रोक लगाएको आरोप रहेको छ । प्रशासकिय अधिकृतले मेयरलाई देखाउने, मेयर जनतालाई झुक्याएर भाग्नाले स्थानियहरु रुष्ट हुँदै नारावाजी समेत गरिरहेका छन् । कार्यालय परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।  

बेलकोटगढी नगरपालिका

११ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेर ‘प्रसिद्धी’ कमाएका खनाल र नगरपालिका पटक पटक लफाडामा फस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको विषयमा सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भएपछि मेयर खनालले सबै वडा कार्यालयहरुलाई वैंकले गर्नुपर्ने केवाइसी फारम दुई दिनभित्र भरेर सानीमा वैंक बाघखोर पठाउनको लागि निर्देशन दिएका छन् । सोही अनुसार वडाका कर्मचारीहरु अहिले सानीमा वैंकको केवाइसी फारम गर्नको लागि गाउँ पसेका छन् । केवाइसी फारम भर्न वडाका कर्मचारीहरु गाउँ पसेपनि सानीमा वैंक बाघखोर शाखाले कात्तिक महिनासम्मको मात्रै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।