नेपाली कांग्रेस नुवाकोटको क्रियाशील सदस्यताका सन्दर्भमा : जगदिश्वर नरसिंह केसी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २५, मंगलबार

जगदिश्वर नरसिंह केसी, नेपाली कांग्रेस, नुवाकोट

नेपाली कांग्रेस नुवाकोटको क्रियाशील सदस्यताका सन्दर्भमा जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको छ । बिभिन्न ५ वटा बुँदा मार्फत सभापति केसीले क्रियाशिल सदस्यता, पुरानो नविकरण, नयाँ सदस्यताको बिषयमा भैरहेको कार्यको समेत स्पष्ट पार्नुभएको छ । 
नुवाकोटको क्षेत्र नम्बर १ बाट १३ औं महाधिवेशनका लागि भरिएको सदस्यता वितरणका लागि तल्ला समितिहरूमा फाराम पठाइएकोमा उक्त फाराम छुटाई अधुरो विवरण मात्र केन्द्रमा पठाउने कार्य व्यवहारिक नभएको बताउँदै सभापति केसीले वास्ता नगरी नसमेटिएका सबै कार्यकर्ता समेट्ने गरी सबै चरणका फाराम बुझाउन पटकपटक आग्रह गरिएकोमा ’जिल्ला सभापतिले फाराम बुझ्न मानेनन’ भन्ने अभिब्यक्ति यदाकदा सुनिन आएकाप्रति   गंम्भिर ध्यानाकर्षण समेत गराउनुभउको छ । म सभापति भएको कारण सबै सदस्य प्रति उतिनै दायित्व र जिम्मेवारि म मा छ भन्ने हेक्का राख्नुपर्छ र छपनि भन्दै स्पष्ट पार्नुभएको छ । 

१. तेह्रौँ महाधिवेसनको समयमा नयाँ क्रियाशील सदस्यता नआएको पृष्ठभूमिमा यसपटक पुरानो नवीकरण, तेह्रौँ मा भरेको सदस्यता र चौधौँको नयाँ सदस्यता समेत वितरण गर्ने गरी काम भइरहेको छ । १३औ को पनि तत्कालीन अबस्थामा जिल्ला लाइ बुझाएको थिएन प्राप्त नहुनु को जिम्मेवार सम्बन्धीत क्षेत्र  थियो ।
२. यसै सन्दर्भमा, केन्द्र जिल्ला, क्षेत्र, प्रदेश, पालिका हुँदै वडा तहमा फाराम पठाइएको र छिटो वितरण तथा नवीकरण कार्य सम्पन्न गरी बुझाउन ताकेता गरिदै आएकोमा क्षेत्र नम्बर २ का सबै वडाबाट पालिका, प्रदेश, क्षेत्र हुँदै ढिलै भएपनि प्रकृया पूरागरी जिल्लामा  यहि जेठ १९ गते प्राप्त भयो,विवरण प्राप्त भएकोमा सम्बन्धित कार्यसमितिहरूलाई धन्यवाद दिन चाहन्छु ।
३. क्षेत्र नम्बर १ बाट १३ औं महाधिवेशनका लागि भरिएको सदस्यता वितरणका लागि तल्ला समितिहरूमा फाराम पठाइएकोमा उक्त फाराम छुटाई अधुरो विवरण मात्र केन्द्रमा पठाउने कार्य व्यवहारिक नहुने भएकाले त्यसलाई वास्ता नगरी नसमेटिएका सबै कार्यकर्ता समेट्ने गरी सबै चरणका फाराम बुझाउन पटकपटक आग्रह गरिएकोमा ’जिल्ला सभापतिले फाराम बुझ्न मानेनन’ भन्ने अभिब्यक्ति यदाकदा सुनिन आएको छ । यसप्रति मेरो  गंम्भिर ध्यानाकर्षण भएको छ । म सभापति भएको कारण सबै सदस्य प्रति उतिनै दाइत्व र जिम्मेवारि म मा छ भन्ने हेक्का राख्नुपर्छ र छपनि ।
४. केन्द्रबाट समयमै आएका र जिल्लाबाट पनि समयमै (साँढे दुई महिना पहिले) तल पठाइएका फाराम क्षेत्रीय समितिले अलमल गरी आफैसँग राखी समयमै फाराम भराएर फिर्ता नगर्ने र ढिलाइ भएको बाहनामा पार्टीका साथीहरूलाई सदस्यता प्राप्त गर्नबाट बञ्चित गर्न पाइँदैन, हुँदैन । यो राजनीतिक उत्तरदायित्व र जबाफदेहिताको अडान हो । यसलाई कुनै बाहना, आरोप वा लाञ्छनाले डगाउने चेष्टा नगरौँ । बरु, छिटो प्रकृया पूरा गरौँ र जवाफदेहिता प्रदर्शन गरौँ । तेसलागि सभापति को हैसियत ले के गर्नु पर्छ सबै गर्न तयार छु ।
५. स्मरण रहोस्, नयाँ सदस्यता विवरण चाहिँ दुबै क्षेत्रको जिल्ला कार्यसमितिमा प्राप्त हुनासाथ केन्द्रमा बुझाइसकिएको छ ।क्षेत्र नम्बर २ को यिअपमयधल कै समयमा केन्द्रमा रकम बुझाउनुका साथै छानबिन समितिलाई प्रारम्भिक छानबिन समितिको बैठक बसी बुझाउने गरी जानाकारी प्राप्त भएको भोलिपल्ट जानाकारि गराइसकिएको बेहोरा सबैमा जानाकारि गराउन चाहन्छु ।
जय नेपाल !  
जगदिश्वर नरसिंह के सी 
           सभापति 
   नेपाली कांग्रेस नुवाकोट