पर्यटकिय स्थल नुवाकोट दरबार क्षेत्रमा संरक्षणको पर्खाईमा रहेको बाच्छालाई दुध खुवाईरहेको कामधेनु गाइको मुर्ति

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २५, मंगलबार

कामधेनु गाइ, पर्यटकिय स्थल, नुवाकोट दरबार क्षेत्र

विदुर नगरपालिकाको वडा नम्बर २, नुवाकोट स्थित आफ्नो बाच्छालाई दुध खुवाईरहेको कामधेनु गाइको पुरानो मुर्ति रहेको छ । कुसुमबारी धारा जाने बाटो, तत्कालिन नुवाकोटको कैदीगृहभन्दा करिब १०० मिटर तल अवस्थित कामधेनु गाई बाच्छा सहितको, यो ढुंगाको प्रस्तर मुर्ति संगै नुवाकोटको प्राचीन ईतिहास लुकेको भान हुने स्थानियहरुको भनाई रहेको छ । यसको अध्ययन र अनुसन्धानको लागी  सम्बन्धित निकायलाई पहल गर्न समेत आग्रह गरिएको छ ।

स्थानियहरुका अनुशार हामीले थाहा पाए सम्म कामधेनु गाईको टाउको सहित थियो तर अहिले खण्डित अवस्थामा रहेको छ । यसै बाटोलाई पछ्याउदै दक्षिण बेंसीतिर अगाडि बढ्दै जाँदा डिही भन्दा केही माथी लामो ठुलो ढुंगामा पनि मानिसका पाईलाका पद चिन्हहरु देख्न सकिन्छ ।यसरी यस क्षेत्रमा प्राचीन समयमा पनि गौपालन थियो कि भनेर अनुमान गर्न सकिन्छ । दूध खाँदै गरेको अबस्थामा रहेको यस मुर्तिले अनेकौ कुराको रहस्योदघाटन गर्न सक्ने स्थानियहरुको भनाई रहेको छ । 

नुवाकोटको प्राचीन ईतिहास लुकेको उक्त स्थानको संरक्षण र सम्बद्र्धनको लागी सम्बन्धित निकायले चासो दिनुपर्ने देखिन्छ । पर्यटकिय स्थल नुवाकोट दरबार क्षेत्रमा यस्ता कयौ ईतिहासहरु झल्काउने बस्तुहरु अलपत्र अबस्थामा रहेका छन् । 
✍️ Rajendra Bikram Shah

फोटो  : Mahendra Shrestha