राप्रपाका अध्यक्ष लोहनीद्धारा ककनि अस्पताललाई हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ जेष्ठ २४, सोमबार

प्रकाशचन्द्र लोहनी,  अस्पताल, राप्रपा

राष्ट्रिय पजातन्त्र पार्टि राप्रपाका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले नुवाकोटको क्षेत्रीय अस्पताल ककनिलाई हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्नुभएको छ । अध्यक्ष लोहनीको पहलमा क्षेत्रीय अस्पताल ककनी नुवाकोटलाई हाइड्रोजन अक्सिजन जेनेरेटर हस्तान्तरण गरिएको हो । अध्यक्ष लोहनीले ‘कोभिड–१९ को महामारीविरुद्ध अग्रभागमा रहेर स्वास्थ्यकर्मीहरुले गरेको  कार्यको नेपाली समाजले महसुस गरेको बताउँदै थप सहयोग हुने बिश्वासका साथ उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा बताउनुभएको छ । 
नेबुलाइजर सहितको हाइड्रोजन अक्सिजन जेनेरेटरले विद्युत आपूर्ति अवरोध हुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ ।  विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सिजन उत्पादन गरी कोभिड विरामीलाई हाइड्रोजन अक्सिजन जेनेरेटरल नियमित सेवा दिनेछ ।
अध्यक्ष डाक्टर लोहनीले ककनी गाउँपालिकाको अध्यक्ष मानबहादुर लामा, वडा नम्बर २, ४ र ८ का जनप्रतिनिधिहरुको रोबहरमा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष र अस्पतालका प्रमुख डाक्टर राकेश रोक्कालाई उपकरण  हस्तान्तरण गरिएको हो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य पोषनाथ ढुंगाना, सम्पादन समितिका सदस्य फणीराज लोहनी, राप्रपा बिधान मस्यौदा समितिका सदस्य एवं नेपाल राष्ट्रिय शिक्षक परिषदका बरिस्ठ उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, जिल्ला कार्य  समितिका सदस्य  कान्छा लामा, जिल्ला नेता तेज बहादुर लामा, राप्रपा नुवाकोट काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष  श्यामकृष्ण गजुरेल, राप्रयु सङ्गठनका केन्द्रीय महासचिव अक्कलबहादुर तामाङ  लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको संयोजन राप्रपा ककनी गाउँपालिकाका अध्यक्ष लालबहादुर तामाङ , सचिव  बिष्णु प्रताप स्याङ्तान, वडा नम्बर ५ का अध्यक्ष शंकर लामाले गर्नु भएको थियो ।
 

प्रकाशचन्द्र लोहनी,  अस्पताल, राप्रपा

कार्यक्रममा गाउँपालीकाका अध्यक्ष मानबहादुर लामाले राप्रपा अध्यक्ष डा लोहनीले गरेको कार्यको पशंसा गर्दै स्वास्थ्य क्षेत्रमा मात्र नभई नुवाकोटको अन्य क्षेत्रको बिकासको लागी बाहक डा लोहनी रहेको बताउनुभउको छ । 
अस्पतालका प्रमुख डाक्टर रोक्काले डाक्टर लोहनीबाट प्रप्त भएको सामग्रीले उपचारमा थप सहयोग हुने र आफू र आफ्नो समुहलाई थप जिम्मेवार बनाएको बताउनु भएको छ ।