नेताद्धय हितबहादुर र राधिका तामाङद्धारा अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्रीहरु सहयोग

Uttargaya Media Pvt. Ltd

२०७८ जेष्ठ २३, आईतबार

 राधिका तामाङ, हितबहादुर तामाङ, स्वास्थ्य सामग्री, सिलिण्डर

कोभिड १९ को महामारीबाट नागरिकहरुलाई सुरक्षित राख्न र कोरोना संक्रमितहरुको उपचारको लागी स्वास्थ्य सामग्रीहरु जुट्नेक्रम जारी रहेको छ । यसैअन्तरगत साँसद हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङको संयुक्त पहलमा त्रिशुली अस्पताल र खरानीटार अस्पताललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । 
नेता तामाङद्धयको पहलमा खरानीटार अस्पताललाई फिर्ता गर्न नपर्नेगरी ८ थान भरेको अक्सिजन सिलिण्डर सहित फेससिल्ड, पिपिई, मास्क, गाउनलगायतका सामग्रीहरु सहयोग भएको छ । 

 

 राधिका तामाङ, हितबहादुर तामाङ, स्वास्थ्य सामग्री, सिलिण्डर

यस्तै, त्रिशुली अस्पताललाई १० थान भरेको सिलिण्डर सहयोग गरिएको छ । स्वास्थ्य सामग्रीहरु हरुतान्तरण गर्दै नेताद्धयले अस्पतालको पछिल्लो अवस्थाको बारेमा अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपाने संग जानकारी समेत लिनुभएको छ । 
अन्य जिल्लाको तुलनामा नुवाकोटमा त्रिशुली अस्पतालले अहिलेको कोरोना महामारीमा गरेको कार्यको प्रशंसा गर्दै संसद हितबहादुर तामाङले नागरिकहरुको स्वास्थ्य सुरक्षाको लागी आफ्नो पहल जारी रहेको बताउनुभएको छ । अघिल्लो बर्षको महामारीमा पनि नेताद्धयद्धारा जिल्लाको बिभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएको थियो । 

 राधिका तामाङ, हितबहादुर तामाङ, स्वास्थ्य सामग्री, सिलिण्डर  राधिका तामाङ, हितबहादुर तामाङ, स्वास्थ्य सामग्री, सिलिण्डर