कोरोना बिरुद्धको लडाईमा नुवाकोटका सबै स्थानिय तह सक्रिय, २ सय १७ बेडको आईसोलेसन कक्ष तयार 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख २८, मंगलबार

आईसोलेसन कक्ष, नुवाकोट, त्रिशुली अस्पताल, दिपेन्द्र पाण्डे

नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तिन पुगेको छ ।  अस्पतालका अनुसार रसुवाबाट त्रिशुली अस्पतालमा प्रेषण गरिएका ४७ वर्षिय पुरुषको आइतबार राती मृत्यु भएसंगै मृत्यु हुनेको संख्या तिन पुगेको हो । 
दोलखा जिल्ला घर भई हाल रसुवाको पाङ्लिङ खर्क बस्दै आएका उनलाई त्रिशुली अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदै थियो । डाक्टरहरुको अथक प्रयासको बाबजुद संक्रमितको मृत्यु भएकोमा अस्पताल प्रसासनले एक विज्ञप्ति जारी गरी शोक व्यक्त गरेको छ । हालसम्म जिल्ला अस्पताल त्रिशुलीमा कोभिड १९ को दास्रो लहर यता तीन जना संक्रमितको मृत्यु भएको छ ।
नुवाकोटमा कोरोना संक्रमणको दोश्रो भेरियण्ट बिरुद्धको लडाईमा १२ वटै स्थानिय तहहरु सक्रिय भएका छन् । 
कोरोना संक्रमितहरुको पहिचान, ओसारपसार तथा उपचार, र आईसोलेसनमा राख्ने देखि पुर्बाधार बिकास सम्ममा सबै तहहरु क्रियासिल रहेका छन् । पछिल्लो समय देखिएको संक्रमणको लहरलाई रोकथाम तथा न्युनिकरण गर्न स्वासथ्य कार्यालय नुवाकोटले स्थानिय तहहरुलाई सहिजकरण गर्दे आएको छ । 
कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको निर्णय अनुसार अहिले सबै स्थानिय तहहरुले आवश्यकता अनुासर आईसोलेसन कक्षको निर्माण गरेका छन् । त्रिशुली अस्पताल नुवाकोट सहित गरि अहिले जिल्ला भर २ सय १७ बेडको आईसोलेसन कक्ष तयार भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 
यस्तै, आवश्यकताको आधारमा आईसोलेसन कक्षहरु थप गर्न सकिने गरी पुर्बाधारको ब्यबस्थापन गरीसकेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उक्तम राज खनालले बताउनुभएको छ । 
स्वास्थ्य मन्त्रालयको निति अनुसारनै केहि स्थानिय तहहरुले निजि अस्पतालहरुसँग समेत सम्झौता गरि कोरोना संक्रमितहरुको उपाचार थालेका छन् । समुदाय तहमा भयाबह रुपमा फैलिएको संक्रमणको रोकथामको लागी सबै स्थानिय तहमा दक्ष तालीम प्राप्त स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ  । कोरोना भाईरसको दोश्रो भेरियण्टको रुपमा रहेको संक्रमणको अबस्थालाई न्युनिकरण गर्न स्थानिय स्तरबाटनै स्वाब संकलन तथा एन्टिजेन परिक्षण हुँदै आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 
कोरोना संक्रमणले भयाबह रुप लिन थालेसँगै त्रिशुली अस्पतालमा स्वास्थ्य सामाग्रीहरु उपलब्ध समेत हुन थालेको छ । 
पछिल्लो समय भाईरसको संक्रमण समुदाय तहमा फैलिएसँगै स्वास्थ्य सतर्कता तथा संक्रमितहरुको उपचारको लागी आबाश्यक पर्ने सामाग्रीहरु उपलब्ध हुन थालेको त्रिशुली अस्पतालल जनाएको छ । अपाङग मानब अधिकार मञ्च नुवाकोटको संयोजनमा जर्सि ओभरसिज र एच आईको सहकार्यमा २ लाख २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध भएको त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन दिपेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।