दोश्रो भेरियण्टको कोरोना : नुवाकोटमा ७३ जनामा पुष्टि

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख १३, सोमबार

कोरोना, दोश्रो भेरियण्टको कोरोना, त्रिशुली अस्पताल

दोश्रो भेरियण्टको कोरोना संक्रमणले नुवाकोटलाई समेत गाँजेको छ । 
अहिले सम्म ७३ जनामा कोरोना पुष्टि भैसकेको छ । त्रिशुली अस्पताल नुवाकोटमा रहेको पिसिआर प्रयोगशालाले दोश्रो भेरियण्टको भाईरसको प्रजाती परिक्षण गर्न नमिल्ने प्रयोगशालाले जनाएको छ । अहिले प्रयोगशालाले कोरोना संक्रमण छ÷छैन भन्ने मात्रै पुष्टि गर्ने बताईएको छ । हाल नुवाकोटमा रहेका सक्रिय संक्रमित मध्ये ४ जना त्रिशुली अस्पतालको आईसियुमा रहेका छन् । 
उनिहरुको स्वास्थ्य अबस्थामा गम्भिरता आएका कारण अक्सिजन लगाएर आईसियुमा राखिएको त्रिशुली अस्पतालले जनाएको छ । बाँकि सबैजना होम आईसोलेसनमै रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 
कोरोना संक्रमणको दोश्रो भेरियण्ट देखिन थालेसँगै स्वास्थ्य सतर्कता अपनाउन राज्यले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्याल्य नुवाकोटले समेत मन्त्रालयको निर्णय अनुसार ४५ वटा कार्यादेश जारी गरेको छ । संक्रमणकालिन अबस्थामा गर्न हुने र नहुने कामको बिषयमा निर्देशन जारी गरेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्मराज खनालले बताउनुभएको छ । 
अहिले समुदाय तहमा देखिएको संक्रमणको भयाबह उच्च रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पहिलो चरणमा देखिएको संक्रमणले ज्येष्ठ नागरिक तथा अरु रोग भएकाहरुमा जोखिम रहेको थियो भने कोरोनाको दोश्रो भेरियन्टमा युवा तथा बालबालीकाहरुमा संक्रमणको जोखिम उच्च रहेको छ । अहिले संक्रमण पुष्टि हुनेहरुमा बिद्यालयका शिक्षक, बिद्यार्थी तथा सार्बजानिक कार्यालयमा काम गर्ने कर्मचारीहरुमा देखिएको छ । 
कोरोना संक्रमणको भयाबह नुवाकोटको समुदाय तहसम्म पुगिसकेको भन्दे सबैलाई सचेत रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । जिल्ला संकट ब्यबस्थापन केन्द्र नुवाकोटबाट जारी भएका निर्णयहरुलाई अक्षरंस पालना गर्दै स्वास्थ्य सतर्कता अपनाउनको लागी स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।