पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा पुःन खनाल 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ बैशाख ९, विहिबार

पत्रकार, पत्रकार महासंघ, पत्रकार महासंघ नुवाकोट, कपिलदेव खनाल, नवदिप श्रेष्ठ, जमुना गजुरेल

नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा कपिलदेव खनाल पुःन अध्यक्षमा विजयी हुनुभएको छ । बुधबार सम्पन्न निर्बाचनमा खसेको कुल १ सय २५ मतमध्ये खनालले सर्बाधिक १ सय १८ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नारायाण नेपालले जम्मा ५ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा नवदिप श्रेष्ठ १ सय ६ मत प्राप्त गरी बिजयी हुाुभएको छ भने महिला उपाध्यक्षमा ९५ मत प्राप्त गरी जमुना गजुरेल बिजयी हुनुभएको छ । सचिवमा यसअघिनै जगदीश खनाल र समाबेसी सहसचिवमा दुर्गा पनेरु निर्बिरोध निर्बाचित भैसकेका थिए । यसैगरी सहसचिवमा ९३ मत प्राप्तगरी भरतशन्तोषी लामा र कोषाध्यक्षमा ६७ मत प्राप्त गरी सुनिल बिष्ट विजयी हुनुभएको छ । 


 

पत्रकार, पत्रकार महासंघ, पत्रकार महासंघ नुवाकोट, कपिलदेव खनाल, नवदिप श्रेष्ठ, जमुना गजुरेल

सदस्यहरुमा सुजित भण्डारी ९६, राममणी अधिकारी ९५, कृष्ण अधिकारी ९०, रविन दाहाल ८८, हरि भेटवाल र मुकुन्दाज अर्याल ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसअघि सदस्यहरुमा मनिसा सापकोटा, भगवती लामा, प्रितिका थापा र राजकुमार नेपाली निबिैरोध निर्बाचित भैसक्नुभएको छ । 
केन्द्रिय परिषद सदस्यमा भोलाराज पौडेल, बद्रीप्रसाद प्याकुरेल,किरणप्रसाद अधिकारी र देवचन्द्र भट्ट विजयी हुनुभएको निर्बाचन समितका संयोजक बशुराम रिजालले जानकारी दिनुभएको छ । 
गत चैत्र २५ गते भएको निर्बाचनमा असन्तुष्ट पक्षले दिएको उजुरीका आधारमा पत्रकार महासंघ केन्द्रिय समितिले त्रुटि सच्याई निर्बाचन गर्नको लागी बैशाख ८ गतेलाई मिति तोकेको थियो । 
नुवाकोट जिल्लाबाट केन्द्रिय सदस्यमा पराना पत्रकार ध्रुबकुमार रावल, बागमती प्रदेश अध्यक्षमा शिव देवकोटा र बागमती प्रदेश सदस्यमा रामहरी गजुरेल सर्बाधिक मत सहित यसअघि नै विजयी हुनुभएको छ ।  

पत्रकार, पत्रकार महासंघ, पत्रकार महासंघ नुवाकोट, कपिलदेव खनाल, नवदिप श्रेष्ठ, जमुना गजुरेल