सार्वजनिक सवारी साधनलाई पेन्ड्राइभ

रामहरी रिमाल
रामहरी रिमाल

२०७५ चैत्र १८, सोमबार

छोरी

छोरी संस्था नुवाकोटले मानब बेचबिखन तथा बैदेशिक रोजगार सम्बन्धी यात्रुलाई जानकारी दिन सार्वजनिक सवारी साधनका चालकलाई पेन्ड्राइभ बितरण गरेको छ । 
    संस्थाले नेपाल माइक्रोबस प्रालि, काठमाडौ केरुङ यातायात समिति, पासाङलामु यातायात समिति, टिमुरे यातायात समिति मार्फत पेन्ड्राइभ बितरण गरेको हो । धेरै नागरिकहरु सार्वजनिक सवारीमा यात्रा गर्ने भएकोले बैदेशिक रोजगारीमा जादा ध्यान दिनु पर्ने कुराहरु, मानबेचबिखन ओसारपसारको बारेमा जानकारी दिन सुचना सहित पेन्ड्राइभ बितरण गरिएको छोरी संस्था नुवाकोटका जिल्ला अधिकृत अरुणा लामाले बताउनुभएको छ ।

छोरी

साथै, छोरी सस्थाले जोखिममा परेका, आमाबुवा गुमाएका, हिंसामा परेका गरिव किशोरीहरुलाई कम्युटर शिक्षा, सिलाइकटाई जस्ता सिपमुलक तालिम दिदै आएको छ । 
    काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोटमा सिपमुलक तालिम, मनोविमर्श सेवा, आवासगृह, वकालत, जोखिममा परेका महिला तथा किशोरीहरुको पुनस्थापना, मनोविर्श सेवा जस्ता कार्यहरु छोरी सस्थाले गर्दै आएको छ ।