नुवाकोटमा २० जना कोरोना संक्रमित थपिए

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख ६, सोमबार

कोरोना संक्रमित, नुवाकोट, विदुर नगरपालिका, किस्पाड गाउँपालिका

नुवाकोटमा थप २० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६० जनाको पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगे नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार एकसय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा देखिएका कोरोना संक्रमितहरु विदुर नगरपालिका र किस्पाड गाउँपालिकाका रहेका छन् । जसमध्ये विदुर नगरपालिकाका १३ पुरुष र ४ महिला रहेका छन् भने किस्पाड गाउँपालिकाका ३ पुरुष रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोनाका संक्रिय कोरोना र्सक्रमितको संख्या ४७ पुगेको छ । उनीहरुमध्ये ४५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले बताउनु भयो । 
नुवाकोटमा कोरोनाको कारण अहिलेसम्म एक महिलाको ज्यान गएको छ । पछिल्लो समय देखिएको संक्रमणमा भाईरसको स्वरुप समेत बदलिएको राष्ट्रिय प्रयोगशालाले जनाएको छ । पहिलो लहरमा देखिएको भाइृरसको प्रजाती भन्दा हाल संक्रमणमा रहेका भाईरस कडा रहेको बताईएको छ । नुवाकोटमा दोश्रो चरणको संक्रमण एकै पटक समुदाय तहमा फैलन थासिलसकेको छ । समुदाय तहमा देखिएको संक्रमण न्युनिकरण तथा तथा रोकथामका लागी ब्यक्तिगत सुरक्षा साबधानी अपनाउनुको बिकल्प नरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।