श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ सांस्कृतिक ग्रन्थ लोकापर्ण

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख ५, आईतबार

श्रीराम श्रेष्ठ, साहित्यकार, संस्कार र संस्कृति, शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ खोजमुलक सांस्कृतिक ग्रन्थ लोकापर्णण गर्नुभएको छ ।
सभापती देउवाले आइतबार विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा उक्त ग्रन्थको लोकार्पण गर्नुभएको हो । उक्त ग्रन्थको लोकार्पण गर्नुहुदे सभापति देउवाले संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताउनुभएको छ । उहाँले नेपाल विभिन्न जातजातीको फूलबारीको रुपमा रहेको र साँस्कृतिक मिलापले एकतावद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताउनुभएको छ ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज–अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिनुभएको थियो । प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभएको बताउनुहुदै  महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्ने र त्यसको लागि सबै तर्फबाट पहलकदमी आवश्यक रहेको बताउनुभएको छ । 

 

श्रीराम श्रेष्ठ, साहित्यकार, संस्कार र संस्कृति, शेरबहादुर देउवा

२० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गर्नुभएको थियो । पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुषन्धान मुलक लेखहरू रहेको साहित्यकार श्रीराम श्रेष्ठले बताउनुभएको छ । 
५ सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।