नुवाकोटका युवाहरुको दमदार प्रस्तुती रहेको हिमाल पारी भोट बजारमा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख ४, शनिबार

हिमाल पारी भोट, हरिजङ पाण्डे, संगम थापा

नुवाकोट विदुरका हरिजङ पाण्डे र संगम थापाको शब्द रहेको लोक दोहोरी गित हिमाल पारी भोट बजारमा आएको छ । 
हरिजङ पाण्डे, संगम थापा, सुफिक्स मदन र गङगा ठकुरिको स्वर रहेको काठे लोक दोहोरी गित हिमाल पारी भोटको सुटिङ नुवाकोटको रमणिय स्थलहरुमा गरिएको छ । 
सुशील सिंह ठकुरिको निर्देशन रहेको यस गितले सुटिङको समय देखी नै टिकटमा समेत भाइरल भएको थियो । यस  गितको मोडलिङ नवयुवा कलाकार समीर खड्का,रुपा रानामगर र रबि कार्कीको रहेको छ । 
संगित सरम नेपालमार्फत बजारमा आएको गितले हजारौ श्रोताहरुको मनमा बस्न सफल भैसकेको छ । गितमा नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका युगल जोडिहरुको माया र प्रेमलाई झल्काएको छ । गितमा मुना र मदनको जिवनी र मायाप्रेम समेत झल्किएको छ ।

हिमाल पारी भोट, हरिजङ पाण्डे, संगम थापा

नुवाकोटको बिभिन्न रमणिय स्थलहरु गङगटे, सिल्ट्याङ्की, नुवाकोट दरबार परिसर लगाएत विभिन्न ठाउँमा छायांकन गरिएको थियो । 
नुवाकोटका गायक हरिजंग पाण्डेको यस अघिपनि बिभिन्न चर्चित लोकदोहरी गितहरु श्रोताहरुमाझ बजारमा आईसकेको छ ।
गित सुन्नको लागी तलको लिङ्क खोल्नुहोस
https://www.youtube.com/watch?v=WtYtfO5y5Ec

हिमाल पारी भोट, हरिजङ पाण्डे, संगम थापा