बिदुर नगर महिला स्वास्थ्य स्वयम सेविकाहरुको प्रथम अधिवेसन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ चैत्र २९, आईतबार

महिला स्वास्थ्य स्वयम सेबिका, बिदुर नगर

बिदुर नगरपालिका क्षेत्रमा कार्यरत रहेका नगर महिला स्वास्थ्य स्वयम सेबिकाहरुको प्रथम अधिवेसन सम्पन्न भएको छ ।
अधिबेसन कार्यक्रमलाई सम्बोधन गर्दै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालनमा स्वयम सेबकहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ ।  नगरपालिकाले सबै नागरिकहरुको पँहुच भित्र स्वास्थ्य सेवा पु¥याउने उदेश्यलाई महिला स्वास्थ्य स्वएम सेबिकाहरुले अक्षरंस पालना गर्दै काम गरेको उहाँले बताउनु भयो । नगरपालिकाको १३ वटै वडामा रहनु भएका सबै महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई प्राथमिक उपचार बिधि र बक्स समेत नगरपालिकाले प्रदान गरेको जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताउनुभएको छ ।  
कार्यक्रममा सहभागी भएका स्वास्थ्य स्वयम सेबिकाहरुले ६० बर्ष सम्म दुख गर्दा अबकास पछि भने आफुहरुलाई उपेक्षा गरेको बताएका छन् । ६० बर्ष सम्म स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय कार्य गरेर अबकास हुने समयमा राज्यले दिने २० हजार रुपैयाँ मात्रै पाउने गरेको उनिहरुले बताएका छन्  । त्यस रकममा नगरपालिकाले केहि थपेर दिनको लागी उहाँहरुले आग्रह गरेका छन् ।  

 

महिला स्वास्थ्य स्वयम सेबिका, बिदुर नगर

यसका साथै, समय समयमा तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नको लागी समेत माग गरेका छन् । कार्यक्रममा बिदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले महिला स्वास्थ्य स्वयम सेबिकाहरुको मागलाई सम्बोधन गर्ने बताउनु भएको छ । नगरपालिकाको कार्यबिधि र नियममा रहेर उनिहरुको मागलाई सम्बोधन गर्ने तर्फ नगरपालिका अगाडी बढ्ने उहाँले बताउनु भयो ।