माओवादी केन्द्रको पबित्र उद्धेश्यमाथी ओलीले लात मारे : सह ईञ्चार्ज तामाङ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ चैत्र १२, विहिबार

हितबहादुर तामाङ,केपी ओली, सर्वोच्च

माओवादी केन्द्रका नेता एवं संघिय साँसद हितबहादुर तामाङले पार्टी विघटन हुनेगरी सर्वोच्चले गरेको फैसलाको पुनरावलोकन हुने बताउनुभएको छ ।

बिहिबार माओवादी केन्दै नुवाकोटको प्रथम बिस्तारित बैठकमा सम्बोधन गर्दै नेता तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुर्नस्थापना गर्ने सर्वोच्चको संबैधानिक ईजलासले गरेको फैसलासंग बाझिनेगरी माओवादी केन्द्र र नेकपा एमाले पुर्ववत अवस्थामा फर्किने गरी गरेको फैसला उत्ताउलो फैसला भएको बताउनुभएको छ । 
माओवादी केन्द्रका बागमती प्रदेशका सहईञ्चार्ज समेत रहनुभएका नेता तामाङले सर्वोच्चले गरेको फैसला रिट निवेदकले माग गरेकोभन्दा उल्टो फैसला भएकाले न्यायिक निर्णय नभएको जिकिर गर्नुभएको छ । नेता तामाङले सर्वोच्चको उक्त फैसला राजनितिक पुर्वाग्रहीबाट प्रेरित फैसला भएकाले पुनरावलोकनमा जाने पार्टिको निर्णय भएको बताउनुभएको छ ।  
माओवादी केन्द्रले पबित्र उद्धेश्य बोकेर संबिधानको कार्यान्वयन, राजनितिक उपलब्धिको रक्षा, देशको सम्बृद्धि र जनताको सर्वोपरी हितबाट प्रेरित भएर पार्टी एकता गरेकोमा केपी ओलीको अराजकता, व्यक्तिगत स्वार्थ र एकलौटी मनोमानिले पार्टी अलग हुने अवस्था भएको समेत नेता तामाङको आरोप रहेको छ । 
बैठकमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका साँसद हिरानाथ खतिवडाले पार्टी संरचनामा वडातह देखी जिल्ला, प्रदेश र केन्द्रसम्म पार्टी एकता गरेपछिको अबस्थामा जो जहाँ कायम थियो त्यसैलाई अहिले कायम राखिने केन्द्र र प्रदेशको निर्णय भएको जानकारी दिनुभएको छ ।  
 

हितबहादुर तामाङ,केपी ओली, सर्वोच्च