ककनीमा लघु उद्यम विकास कार्यक्रमको तालिमहरु सञ्चालन

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ चैत्र ८, आईतबार

लघु उद्यम विकास कार्यक्रम, ककनी, गरिबी निवारण


ककनी गाउँपालिकाले गरिबी निवारणको लागी बिभिन्न तालिमहरु सञ्चालन गरेको छ । गाँउपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १,२ र ३ मा ५ दिने च्याउको बीउ तथा च्याउ खेती सम्बन्धी तालिम दिएको छ ।

त्यस्तै ७ दिने गुडिया बनाउने,पशु विकास तथा पशु स्वास्थ्य सम्बन्धी र मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिएको छ ।
तालिमको समापन गर्दै गाँउपालिकाका उपाध्यक्ष सिता लामा खतिवडाले आफुले सिकेको सिपलाई अक्षरंस पालनागरी आयआर्जनमा बृद्धि गराउनको लागी तालिममा सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष खतिवडाले उद्यम व्यवसाय सीप विकास गराई व्यबहारमा लागु गरी प्रभावकारी बनाउन र महिलाहरुको आयस्तरमा वृद्धि  गराई उनीहरुलाई अगाडि बढ्नको लागी उत्प्रेरित गर्ने तालिमको उदेश्य रहेको बताउनुभएको छ ।


 

लघु उद्यम विकास कार्यक्रम, ककनी, गरिबी निवारण

 
कार्यक्रममा ककनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रबहादुर नेपालले सिकेका कुरालाई ब्यबसायिक रुपमा प्रयोग गरी आर्थिक उपार्जनमा लाग्नको लागी तालिममा सहभागीहरुलाई सल्लाह दिनुभएको छ । 
आगामी दिनहरुमा पनि गाँउपालिकाको आर्थिक बिकास, युवाहरुको लागी रोजगारको कार्यक्रम र महिलाहरुको लागी जिवनउपयोगी कार्यक्रमको लागी पहल जारी रहेको प्रमुख प्रशासकिय अधिकृत नेपालले बताउनुभएको छ ।

लघु उद्यम विकास कार्यक्रम, ककनी, गरिबी निवारण

 
उक्त तालिममा प्रशिक्षकहरु कमला सुवेदीले गुडिया तथा कुसन बनाउन सहजकिरण गर्नुभएको थियो । साथै, पशुपालन सम्बन्धि प्रशिक्षणमा बाबुकाजी पाण्डे, च्याउ खेतिमा गिता श्रेष्ठ, मौसमी तथा बेमौसमी तरकारी खेतिको बारेमा कृषि शाखाका प्रमुख सम्भु सिलवाल र प्राबिधिक सम्भु प्रसाद राइले सहजकिरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतकाको सहभागिता रहेको थियो । 

लघु उद्यम विकास कार्यक्रम, ककनी, गरिबी निवारण