भटाभट हराउन थाले रागा भैसी, चोरको बिगबिगी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ चैत्र ५, विहिबार

 रागा भैसी, चोर,, रागा राती चोरी

- रामचन्द्र तिम्सिना

पैसा चोरी भो । सुन चोरी भो । घर लुटियो । पसल चोरी भो । कयौ यस्ता घटनाहरु सुनिएका छन तर गोठमा बाँधेको रागा भैसी नै चोरी हुन थालेपछि स्थानियहरु तरङित भएका छन् ।  नुवाकोटको म्यागङ गाँउपालिकामा गोठमा बधिएको रागा र भैसी चोरी भएको छ । गत असोज महिनामा म्यागङको कल्लाबारीबाट हराएको भैसी नभेटिदै फेरी २ भैसी र १ रागा चोरी भएको छ । 
    सोमबार राती म्यागङको जोर चौताराबाट गोठमा बाँधेको २ भैसी र १ रागा गायब भएको छ । जोरचौताराका बमबहादुर तामाङ र सुब्बा सुनारको गोठमा बाधेको भैसी र रागा राती चोरी भएको हो । गहाँहरुको गोठमा बाँधेको एगटा ब्याउने, एउटा बकेर्नो र एउटा राँगो चोरी भएको स्थानिय रामचन्द्र तिमल्सिनाले जानकारी दिनुभएको छ । 
कस्ले चो¥यो कहाँ लग्यो केहि पत्तो नलागेपछि प्रहरीलाई समेत खबर गरेको स्थानियहरु बताउँछन् । तर प्रहरीबाट पनि आजसम्म केहि पत्तो लाग्न नसकेको पिडित किसान बमबहादुर तामाङले बताउनुभएको छ । 
    स्थानिय रामचन्द्र तिमल्सिनाका अनुशार कहिकतै पाईला र डोब नदेखिएकाले आजभोली गाँउघरमै यातायातको सुबिधा भएको कारणले गोठमै पुगेर रागाभैसी लोड गरेर लगेको हुनसक्ने अनुमान गरिएको छ । गोठमा बाँधेको रागाभैसीनै चोरी हुन थालेपछि स्थानियमा त्रास छाएको छ ।