नुवाकोटमा कोरोना भाइरस सङ्क्रमित सून्य

अनिता ढुङ्गाना
अनिता ढुङ्गाना

२०७७ चैत्र २, सोमबार


हाल कोरोना भाइरस सङ्क्रमित सून्य जिल्लाको रुपमा नुवाकोट रहेको छ ।
शनिवारसम्म १ जना सक्रिय सङ्क्रमित रहेकोमा आइतवार उक्त व्यक्ति कोरोना मुक्तभएसँगै कोरोना सङ्क्रमित सून्य जिल्लाको रुपमा नुवाकोट रहेको हो । स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालको अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको आरटिपिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छैन ।
हालसम्म नुवाकोटमा १ हजार १ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटको तथ्याङ्कमा रहेको छ । १ हजार १ सय ४४ जना कोरोना मुक्त भइसकेका छन् । जिल्लाको ६ हजार २ सय २० पुरुष र २ हजार ६ सय महिला गरी ९ हजार ४ सय २० जनाको आरटि पिसिआर विधिबाट कोरोना भाइरस परिक्षण गरिएको थियो । ती मध्ये १ हजार १ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती सङ्क्रमण पुष्टि भएका मध्ये विदुर नगरपालिकाका ६ सय ९०, वेलकोटगढी नगरपालिकाका १ सय १, ककनी गाउँपालिकाका ३१, सूर्यगढी गाउँपालिकाका ६९, लिखु गाउँपालिकाका ३२, शिवपुरी गाउँपालिकाका ३५, पञ्चकन्या गाउँपालिकाका ३१ जना रहेका छन् । स्वास्थ्य कार्यलय नुवाकोटका अनुसार दुप्चेश्वर गाउँपालिकाका २९, तादी गाउँपालिकाका ३९, किस्पाङ गाउँपालिकाका ३२, म्यागङ गाउँपालिकाका १२ र अन्यमा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
कुल सङ्क्रमित मध्ये ७ सय ७७ पुरुष र ३ सय ६८ महिला रहेका छन् ।