नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा तामाङ

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ फाल्गुन २९, शनिबार


नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा होमबहादुर तामाङ चयन हुनुभएको छ ।
अघिल्लो कार्यसमितिमा सचिव रहनुभएका तामाङ सनिवार भएको सातौ वार्षिक साधारण सभा तथा सम्मेलनले सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा रामबहादुर वस्ती, उपाध्यक्षमा नन्दप्रसाद देवकोटा, कृष्णप्रसाद रिमाल र लालबहादुर तामाङ, सचिवमा रणबहादुर तामाङ, सहसचिवमा कुलबहादुर थापा, कोषाध्यक्षमा सागर तामाङ र सहकोषाध्यक्षमा गंगादेवी बोगटी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रामप्रसाद नेपाल, कृष्णबहादुर थापा मगर, सादुराम रिमाल, राधाकृष्ण भण्डारी, देवकी लामा, उर्मिला घले, श्यामबहादुर तामाङ, राजेन्द्रबहादुर बोगटी, मोहन खड्का, पूर्णलाल श्रेष्ठ, चन्द्रबहादुर बोगटी, पूर्णबहादुर राई र रामकुमार श्रेष्ठ चयन भएका छन् । यस्तै पूर्वअध्यक्ष अरुण घले केन्द्रिय प्रतिनिधिमा चयन हुनुभएको छ । सल्लाहकार समितिको संयोजकमा कृष्णप्रसाद लोहोनी र सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, इन्द्रबहादुर तामाङ, उत्तरबहादुर लामा र विष्णुप्रसाद घिमिरे रहेका छन् ।

नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिको आजिबन सदस्य लिनेको सङ्ख्या २ सय २५ जना रहेका छन् । हाल समूहमा गर्दै आइएको आर्थिक बचतलाई पूर्वप्रहरी बचत तथा ऋण सहकारी सस्था स्थापना गरि पूर्व प्रहरीहरुको हक हित र आर्थिक उन्नतीको लागि यस कार्य समितिले विशेष पहल गर्ने नबनिर्वाचित अध्यक्ष होमबहादुर तामाङले बताउनुभएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विपदमा परेका नागरिकहरुको उद्दार तथा राहतका प्याकेजहरु संगठन मार्फत सञ्चालन गरिने अध्यक्ष तामाङको प्रतिवद्धता रहेको छ ।