विदुर नगरपालिकाको फोहोर ब्यबस्थापनको लागी सेग्रिगेसन हाउस निर्माण 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ फाल्गुन ४, मंगलबार

विदुर नगरपालिका, सेग्रिगेसन हाउस, सञ्जु पण्डित, झंकनाथ ढकाल

विदुर नगरपालिकामा उत्सर्जित फोहोरको उचित ब्यबस्थापनको लागी सेग्रिगेसन हाउसको निर्माण भएको छ । 
नगरपालिकामा हाल दैनिक १४ टन फोहोर उत्पादन हुँदै आएको नगरपालिकाको सरसफाई बताबरण तथा फोहोरमैला ब्यबस्थापन शाखाले जनाएको छ । नगरक्षेत्रमा उत्पादन हुने फोहोरलाई मोहोरमा बदल्न नगरपालिकाले एकिकृत फोहोर ब्यबस्थापन प्रणाली अन्तर्गत निजि क्षेत्रसँग सहकार्य गरि फोहोरको ब्यबस्थापन गर्दै आएको छ । बिदुर नगरपालिका वडा नम्बर ९ मा निर्माण भएको फोहोर सेक्रिगेसन हाउसको उद्ध्घाटन गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरपालिका भित्र उत्पादन भएका सबै फोहोरको श्रोतबाटनै छुट्टाएर संकलन गरि ब्यबस्थापन गर्ने प्रणलीमा नगरपालीका पुगेको बताउनुभएको छ । 
फोहोरको बैज्ञानिक पद्धतिबाट नियन्त्रण तथा ब्यबस्थापन गर्ने प्रणली अनुसार केन्द्र सरकारको शसर्त अनुदाना कार्यक्रमबाट सेग्रिगेसन हाउस निर्माण भर्एको जानकारी दिनुभएको छ । 
नगरपालिकाको सबै वडामा गठन भएका बिभिन्न टोल बिकास संस्थाहरु मार्फत फोहोरको संकलन तथा ब्यबस्थापन प्रणली अपनाउने नगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभएको छ । टोल बिकास संस्था मार्फत घरआगनमा उत्सर्जन भएको फोहोरमैलाको घरबाटै ब्यबस्थापन गर्ने प्रणाली अपनाउन सुरु गरेको उहाँले बताउनुभएको छ । 
कार्यक्रममा बिदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले घरबाटनै फोहोरलाई ब्यबस्थापन गर्न कुहिने र नकुहिने फोहोर छुट्टाउन २ वटा बाल्टिन बितरणको काम गरेको बताउनुभएको छ ।  घरघरमा उत्पादन भएको कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्न र अजैबिक फोहोरको ब्यबस्थापन नगरपालिकाले गर्ने बताउनुभएको छ । 
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले फोहोर संकलन र ब्यबस्थापनलाई बैज्ञानिक प्रणली मार्फत गर्दा नगरपालिकामा रोजगारीको सिर्जना हुने बताउनुभएको छ । फोहोरको रुपमा रहेको अजैबिक बस्तुहरुको संकलन गरी पुनः प्रयोग गर्ने र जैबिक बस्तुहरुलाई कम्पोष्ट मलको रुपमा निर्माण गरी कृषि प्रणालीमा लगाउन सहयोग पुग्ने बताउनुभएको छ । 

विदुर नगरपालिका, सेग्रिगेसन हाउस, सञ्जु पण्डित, झंकनाथ ढकाल

कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं फोहोर मैला ब्यबस्थापन समितिका संयोजक लेनिन रञ्जितले बिश्वका बिभिन्न मुलुकमा फोहोरको उचित प्रयोग गर्दै उर्जा उत्पादन गरेको ईतिहाँस रहेको बताउनु भयो । नगरपालिकामा उत्सर्जित फोहोर सुरु बाटनै बैज्ञानिक पद्धतिले ब्यबस्थापन सुरु गरेमा भबिक्ष्यमा सफा सहर निर्माण भैराख्ने बताउनु भयो ।   

बिदुर नगरपालिका आफैले संकलन तथा ब्यबस्थापन गर्दे आएको फोहोरलाई पुनः प्रयोग गर्नको लागी निजि साँझेदारी कार्यक्रम अन्तर्गत निजि क्षेत्रसँग सहकार्य गरेको हो । हाल नगरपालिकाले निजि क्षेत्रसँग सहकार्य गर्दै नगरमा उत्सर्जित फोहोरको श्रोतबाटनै उचित ब्यबस्थापन प्रणली लागु गर्दा उत्पादन भएका सिमित फोहोरको ब्यबस्थापन गर्न सहज हुने जनाएको छ । फोहोर ब्यबस्थापनको पाटो जटिल बन्दै गैरहेको समयमा श्रोतमानै जैबिक र अजैबिक फोहोर छुट्टाउन थालेसँगै ५० प्रतिशत ब्यबस्थापन सहज भएको छ ।