राष्ट्रिय सांगितकर्मी संघ ककनीको नयाँ कार्यसमिति गठन 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ माघ २६, सोमबार

सांगितकर्मी संघ, ककनी

राष्ट्रिय संगितकर्मी संघ ककनी गाउँपालिका प्रथम भेलाले सुवास लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लोकप्रेमी सुर्य तामाङ , आर.के स्याङ्त्याङ, सरिता तामाङ र मुन्द्र तामाङ चयन हुनुभएको छ । यसैगरी सचिवमा दसबहादुर तामाङ, सह सचिवमा सुवास तितुङ तामाङ, कोषाध्यक्षमा सेविका तामाङ, सह कोषाध्यक्षमा विनोद तामाङ, प्रवक्तामा विमल गुरुङ चयन हुनुभएको छ । 
यसैगरी सदस्यहरुमा विक्रम तामाङ र अनमोल तामाङ चयन हुनुभएको राष्ट्रिय संगितकर्मी संघ नुवाकोटका सल्लाहकार समीर लामाले बताउनुभएको छ ।
संघको वागमती प्रदेश अध्यक्ष रामहरि भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघको केन्द्रिय महासचीव मानबहादुर लामा, गण्डकी प्रदेश सचिव पवित्रा काफ्ले, रसुवा जिल्ला अध्यक्ष दिपेन्द्र धिताल नुवाकोट जिल्ला अध्यक्ष दिनेश तामाङ लगायत विभिन्न जिल्लाका अध्यक्ष तथा कलाकारहरुको उपस्थित रहेको थियो । 
आगामी दिनहरुमा गित संगितको क्षेत्रलाई माया कद्भाव र हौसला बढाउनको लागी सदैव तत्पर रहने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।  
 
 

सांगितकर्मी संघ, ककनी सांगितकर्मी संघ, ककनी