युयुएनटिफद्धारा खेलाडीहरु सम्मानित 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ माघ २५, आईतबार

युयुएनटिफ, खेलाडी, सम्मान, तेक्वान्दो फेडेरेसन नेपाल

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरले तेक्वान्दो लगायत विभिन्न खेलसँग सम्वन्धित खेलाडीहरुलाई सम्मान गरेको छ । 
च्याप्टरले ६९ जना खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो । नेपालको तेक्वान्दोको विकासमा टेवा पु¥याउने उद्धेस्यले स्थापित गरिएको यस सस्थाले नगद रुपैयाँ सहित सम्मान गरेको हो । तेक्वान्दोका खेलाडीहरुसँगै अल्ट्रा धावक खेलाडी मीरा राई, उसु र जुडोका खेलाडीहरुलाई समेत सम्मान गरेको छ । 
सम्माननित हुनेहरुमा १३औँ साफ गेम्समा तेक्वान्दो खेलबाट १२ वटा स्वर्ण, ६ रजत सहित ११ वटा कास्य पदक प्राप्त गर्ने खेलाडीहरुको साथै कोचर मेनेजरलाई सम्मान गरेकोे युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिनुभएको छ ।

युयुएनटिफ, खेलाडी, सम्मान, तेक्वान्दो फेडेरेसन नेपाल

 
यस्तै युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्ड तथा नुवाकोट सम्मानबाट ४ स्वर्ण सहित रजत र काश्य पदक दिलाउन सफल स्विमिङका खेलाडी गौरिका सिंह र २ स्वर्ण पदकधारी आयशा शाक्यलाई नगद सहित सम्मान गरेको हो । 
स्वर्णलाई २५ हजार रुपैयाँ, रजतलाई १५ हजार रुपैयाँ र काश्यलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । भने युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्डबाट ५ जनालाई ३०÷३० हजार रुपैयाँ र १ जना कोचलाई २० हजार रुपैयाँ प्रदान गरेको पाण्डेले बताउनुभएको छ । अघिल्लो वर्ष नै आयोजना गर्न लागिएको कार्यक्रम कोरोना भाइरसको कारण रोकिएको थियो ।
विदेशमा रहेर नेपाली खेलकुदको विकासको लागि लगानी गर्न चाहने व्यक्तिहरुबाट रकम सङ्कलन गरी युयुएनटिफले नेपालमा अवार्ड तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

युयुएनटिफ, खेलाडी, सम्मान, तेक्वान्दो फेडेरेसन नेपाल

You may also like: