नुवाकोटका खेलाडीहरु सम्मान तथा पुस्कृत हुँदै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ माघ २०, मंगलबार

खेलाडी,युएनटिफ, सम्मान तथा पुस्कृत

युएनटिफ नामक सामाजिक संस्थाले नुवाकोटमा खेलाडीहरुलाई सम्मान तथा पुस्कृत गर्ने भएको छ । 
कार्यक्रमको बिषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दे युएनटिफ नामक सामाजिक संस्था नेपालका अध्यक्ष हरिहर पाण्डेले खेलाडीहरुको हौसला र आत्मबल बढाउन सम्मान तथा पुरस्कार कार्यक्रमले सहयोग गर्ने बताउनुभएको छ । नयाँ खेलाडीहरुलाई खेल कौशलमा आकर्षित गर्न समेत यस कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभएको छ । यहि माघ २४ गते शनिबार बट्टार कभर्ड हलमा सम्मान तथा पुरस्कार बितरण कार्यक्रमको आयोजना गरिएको छ । 
पहिलेनै तय भएको कार्यक्रम कोरोना संक्रमणका कारण पछाडी सर्दै आएको थियो । बिभिन्न खेल बिधामा उत्कृष्ट भएकाहरुलाई सम्मान र पुरस्कृत गर्दै आत्मबल बढाउने तथा खेलजिबनलाई उकास्न सम्मान कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । साफ गेममा नेपाललाई पदक दिलाउने सबै खेलाडीहरुलाई नगद सहित पुरस्किृत गर्ने बताईएको छ । स्वर्ण पदक बिजेतालाई २५ हजार, रजत पदक बिजेतालाई १५ हजार र काश्य पदक बिजेतालाई १० हजार रुपैयाँ सहित सम्मान गर्ने आयोजकले जनाएको छ । 
यस्तै, बिभिन्न क्षेत्रका ५ जना खेलाडीलाई ३० हजार रुवैयाँ र कोच १ जनालाई २० हजार रुपैयाँ सहित सम्मान गर्ने भएको छ । 
 

खेलाडी,युएनटिफ, सम्मान तथा पुस्कृत

You may also like: