‘एकीकरण टर्च’ २४ गते नुवाकोट दरबार आइपुग्ने 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ पौष २३, विहिबार

एकीकरण टर्च

गोरखा दरबारबाट शुरु भएको ‘एकीकरण टर्च’ ¥याली पुस २४ गते नुवाकोट दरबार आइपुग्ने भएको छ । नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले सुरु गरेको पदयात्राको टर्च धादिङको देबिदत्त गणलाई हस्तान्तरण गरेको छ । धादिङको देबिदत्त गणले नुवाकोट सम्म ल्याउने छ । जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेका अनुशार पुस २३ गते बिहिबार सामरीमा देबिदत्त गण र जबरजङ गणले संयुक्त कार्यक्रम गरेर साततले दरबारसम्म ल्याउने छ । 
गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाडौं पुग्ने छ । धादिङको टोलीले उक्त टर्च र झण्डा नुवाकोटको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ ।

काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । ‘नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीको दिन पुस २७ गते सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ । 
सेनाले ऐतिहासिक पदमार्ग पहिचान, विकास र संरक्षणमा सहयोग गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० मा उक्त पदमार्गमा पर्यटक र पदयात्री भित्रयाउन यो कार्यक्रम सफल हुने विश्वास लिएको छ । 
उहाँका अनुसार पुस २३ गते सामरी भञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै पृथ्वीनारायण शाहले निर्माण गरेको साततले दरबारमा ‘एकीकरण टर्च’ ¥याली आइपुग्ने कार्यतालिका छ ।

एकीकरण टर्च

नुवाकोट दरबार परिसरमा पुस २४ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी उक्त ¥यालीको समापन गरिने कार्यतालिका छ । 
गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।

एकीकरण टर्च