विधिको सासन कार्यनवन गर्नमा आफु प्रतिवद्ध : प्रजिअ ढकाल
Uttargaya Media Pvt. Ltd
२०७७ पौष १५, बुधबार

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नुवाकोटले मानव अधिकार वर्ष पुस्तक २०२१ को बार्षिक पूर्व समीक्षा गरेको छ । समीक्षा कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले मौलिक हक हनन हुन दिन नहुने बताउनुभएको छ । जिल्लामा जनताको जिउ धनको सुरक्षा गर्ने, मानव अधिकारको संरक्षण गर्ने, विधिको सासनको कार्यनवन गर्ने जस्ता कुरामा आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठले मानव अधिकार हननको घटनाहरुको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले अधिकार रक्षाका लागि र अधिकार हनन हुन नदिन सम्वन्धि सबै पक्ष चनाखो रहनु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तक दस्तावेजको रुपमा रहने भएकोले त्यसमा मानव अधिकार हनन भएका घटनाहरुलाई सत्यतथ्य रुपमा समावेश गर्न कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । आयोजक संस्थाका नवदीप श्रेष्ठका अनुसार वर्ष पुस्तकमा समावेश हुने घटनाहरुको दायरा फराकिलो बनाउने विषयमा समेत छलफल भइरहेको बताउनुभएको छ ।
