संबिधान माथीको आक्रमणमा राष्ट्रपति भण्डारी मुकदर्शक : नेता केसी 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ पौष १४, मंगलबार

राष्ट्रपति, मुकदर्शक, अर्जुननरसिंह केसीm कम्युनिष्ट सरकार

नेपाली काँग्रेसका केन्द्रिय सदस्य नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस कम्युनिष्ट सरकारसंग टासिएर बिसंगती र कुकृतिहरुको चाँगमा भाग लिन नजाने बताउनुभएको छ । मंगलबार प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै नेता केसीले जनताले ५ बर्षको लागी कम्युनिष्ट सरकारलाई दिएको मतको संरक्षण नगरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रलाई लुटतन्त्रमा परणित गरेको बताउनुभएको छ । 
प्रधानमन्त्री ओलीले प्रतितिधी सभा विघटन गरेर संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने गरी संबिधान र बिधीको शासनमाथी आक्रमण गरी सिंगो मुलुकलाई फेरि संविधानको चीर–हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश बनाएको आरोप लगाउनुभएको छ । नेता केसीले प्रधानमन्त्री ओलीले गरेको संबिधान माथीको आक्रमणमा राष्ट्रपति बिद्यादेवी भण्डारी मुकदर्शक रहेको आरोप लगाउनुभएको छ । 
नेता केसीले निरंकुशता र सर्वसत्तावादको बाटोमा हिंडेको कम्युनिस्ट नेतृत्वको सरकार संविधान, संसद, संसदीय व्यवस्थालगायत सबैलाई बाधक मानेर तिनको तेजोबध गर्न उद्यत रहेको बताउनुभएको छ । 
गत निर्वाचनमा दुईतिहाई बहुमतको मतादेश दिएका जनतामाथि नै कृतघ्नतापूर्वक धोका र कुठाराघात गर्दै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो भएको मुलुकलाई थप पीडा दिने हर्कत ओली नेतृत्वको सरकारले गरेको उहाँको आरोप रहेको छ । 

राष्ट्रपति, मुकदर्शक, अर्जुननरसिंह केसीm कम्युनिष्ट सरकार


पार्टीको आन्तरिक विवादमा राज्यव्यवस्थालाई शिकार बनाउने, नेतृत्वबीचको किचलो र झगडामा सिंगो मुलुक र जनतालाई दण्ड र कष्ट दिने कम्युनिस्ट नेतृत्वको प्रवृत्तिले जनतामा आक्रोश व्याप्त भएको उहाँको भनाइ रहेको छ ।
नेता केसीले प्रधानमन्त्रीको नाङ्गो नाचले संबिधानको धज्जी उडाउदै जनताको मतमाथी होली खेलेका कारण नेपाली काँग्रेस आन्दोलनमा उत्रिएको बताउनुभएको छ । तोकेको मितिमा निर्बाचन नहुने ठोकुवा गर्दे नेता केसीले यदि निर्बाचन भैहालेमा पनि जनताको मतको कदरको लागी आन्दोलनलाई निर्बाचनमा परिणत गरी भाग लिन जाने बताउनुभएको छ ।