राजनीतिले हैसियत बनाएका नेता कार्यकर्ताहरुको सम्पत्तिको स्रोत खोजौं

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर २८, आईतबार

रामचन्द्र तिम्सिना (आवाज)

-रामचन्द्र तिम्सिना (आवाज)

महंगा र चिल्ला गाडी, करोडौंको घडेरी र गगनचुम्बी महल, अरबौंको सेयर र खरबौंको बैंक बैंकब्यालेन्स कहाँबाट र कसरी आयो स्रोत खोज्ने बेला भएको छ। तेरो पार्टी र मेरो पार्टी होईन, तेरो नेता र मेरो नेता पनि होईन। यहाँ अब नगरिक भएर खोज्ने बेला भएको छ। यति भन्दै गर्दा राजाबादिको बिल्ला भिराईन सक्छ, असामजिक तत्व भनेर धिक्कार्न सक्छन।

गालिगलौजको वर्षा हुनसक्छ तर छातिमा हात राखेर भन्न सक्छु कुनै दलेको एक पैसा खाएको छैन। सुन्दा अपाच्य र अनौठो तथ्य लाग्न पनि सक्छ तर सत्य यो होकि काठमाडौ र देशका विभिन्न ठुला शहरमा बनेका भब्य महलका आधा जति मालिक यिनै भ्रस्टाचारी र दुईनम्बरी मध्य कै हुन।

ठुला निजि विद्यालय र नाम चलेका निजि अस्पताल यिनिहरु मध्य कै छन्। हाईड्रो पावर, बैंक बित्तीय संस्था र फाईनान्समा यिनिहरु कै लगानी छ। स्रोत खोज्दै जेल कोच्ने हो भने काठमाडौका आधा घर मालिक बिहिन हुनेछन। यिनै नेताका भाईभतिजा, सालासाली वा अन्य नातेदार र तिनिहरुद्वारा संरक्षित माफिया, दलाल तस्कर र गुण्डाको भेटिनेछ।

• २०५७ सालमा नेपाली काँग्रेस र गिरिजाप्रसाद कोइरालाले घटाएको बहुचर्चित दुई अर्बको "लाउडा" काण्ड। • ३ तोला सुन र १ कठ्ठा जमिन कहिल्यै नसकिने प्रचण्डको २० अर्बको लडाकु काण्ड र छोरीलाई १७ करोडको घर, खरबौ को बैंक ब्यालेन्स।

• २०६६ सालको "एयरबस काण्ड" कंसाकार लगायत हीसिला यमी र माओवादी-३ अर्ब।

• २०७५ सालमा कंसाकार, शेर बहादुर, प्रचण्ड, थापा, लगायत नेपाल कम्युनिस्ट पार्टीको चर्चित ६ अर्ब भ्रष्टाचारको "वाइडबडी काण्ड" ।

• २०५५ सालमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोइराला र नेकपा(माले)का यमलाल कँडेलको बहुचर्चित ९ लाख अमेरिकि डलरको "चेज एयर काण्ड" । • २०५० सालमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोइराला मुछिएको ३९ करोडको "धमिजा काण्ड" ।

• २०५५ सालमा काँग्रेस+एमालेको संयुक्त सरकार २२ करोडको "चाईना साउथ वेस्ट काण्ड" ।

• यति, ओम्नि, ट्रस्टको ७० करोड केपि ओलि अनि ३३ किलो सुन, बालुवाटार र रोहिङ्ग्याको ५५ अर्ब।

संवैधानिक अंगमा आफ्नै सम्धी-सम्धिनी ठुंस्ने, साला-साली, भाईभतिजो पोस्ने तथा कमिसन र भागबन्डाका आधारमा राजदुत नियुक्ति गर्ने। खोला नदिनाला र सिमाना, बिप्पा र mcc को अप्रत्यक्ष कमिसन एकातिर ।

बैतडी देखि लण्डन सम्म घर ,त्रिपाल र जस्तापाता देखि अमेरिका सम्म घरैघर। पिताम्बर र कात्रो, औषधि र जडिबुटीमा कमिसन अर्कातिर । यसरी छर्लङ्ग भएको भ्रष्टाचार काण्ड टुलुटुलु हेरेर बस्नु हुन्छ कि बोल्नु हुन्छ ? त्यो तपाईहरुको नैतिकताको कुरो हो। धन्यवाद ।

-लेखकको निजी बिचार