घरेलु महासंघ बेलकोटगढीमा भट्ट 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ असार १२, आईतबार

घरेलु महासंघ, रामकृष्ण राजभण्डारी, स्थानीय सरकार

बेलकोटगढी÷घरेलु तथा साना उद्योग महासंघ नेपाल बेलकोटगढी नगर कार्यसमिति गठन भएको छ । शनिवार बाघखोरमा आयोजित उद्यमीहरुको भेलाले बलराम भट्टको अध्यक्षतामा ११ सददस्यीय नगर कार्यसमिति गठन गरेको हो । 
भेलाको उद्घघाटन गर्दै घरेलु तथा साना उद्योग महासंघ नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीले महासंघले घरेलु तथा साना उद्योगीहरुको हकहितको लागि काम गर्दै आएको बताउँदै राज्यले साना उद्योगीहरुलाई उपेक्षा गरेको बताउनुभएको छ । 
उहाँले राज्यले साना लगानीकर्तालाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै स्थानीय सरकारले पनि यस्ता उद्योगको प्रोत्साहनको लागि छुट्टै कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ । 
तदर्थ समितिका अध्यक्ष बलराम भट्टको सभापतित्वमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष निर्मल श्रेष्ठ, महासंघका महासचिव प्रकाश नेपाल, जिल्ला सदस्य नारायणप्रसाद नेपाल, स्थानीय समाजसेवी नारायणप्रसाद खनाल, विशाल तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
उद्यमीहरुको भेलाले आगामी चार वर्षे कार्यकालको लागि बलराम भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा राजकुमार पुडासैनी, उपाध्यक्षमा दिपकमान तामाङ, महासचिवमा बिकास ढकाल, कोषाध्यक्षमा कृष्णबहादुर चालिसे चयन भएका छन् । यस्तै सदस्यहरुमा बिष्णु सिलवाल, कुलबाहादुर श्रेष्ठ, साजन तामाङ, महिला सदस्यमा लालुमाया तामाङ, गोमा कडुवाल, चयन हुनुभउको छ ।  
यस्तै भेलाले घरेलु तथा साना उद्योग महासंघ बेलकोटगढी नगरपालिका वडा नंं १० को सम्पर्क समितिको संयोजकमा दयाराम पाण्डे तथा सदस्यहरुमा नवराज ढकाल र सन्तोष कँडेल चयन भएका छन् । वडा नं. ११ को संयाजकमा रामप्रसाद मुडवरी चयन भएका छन् । सदस्यहरुमा उत्तम सुवेदी, मुकुन्द मुडवरी रहेका छन् । 
वाँकी वडाहरुमा पनि छिट्टै संयोजकहरु चयन गरी महासंघको गतिविधिलाई तिब्र बनाउने अध्यक्ष भट्टले बताउनुभएको छ । 
 

You may also like: