सुर्यगढीले ल्यायो ५१ करोड साढे २५ लाखको बजेट

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ असार ११, शनिबार

सुर्यगढी गाँउपालिका,  गाँउसभा

नुवाकोटको सुर्यगढी गाँउपालिकाले एघारौ गाँउसभा मार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 
“शिक्षा स्वास्थ्य र पर्यटन सहितको पुर्वाधार, गतिशिल सुर्यगढी हाम्रो आधार” भन्ने नारा सहित आगामी आर्थिक वर्षमा सुर्यगढी गाँउपालिकाले एक भुगोल एक कृषि उत्पादन कार्यक्रमलाई कायम गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सहकारी, न्यायिक समिति, सस्थागत विकास तथा सेवा प्रवाह, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायतको विषयलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्ष २०७९/८० मा भौगोलिक अवस्था अनुसार उच्च मूल्यमा बिक्रि हुने ओखर, किभी, अलैची, कागती, सुन्तला, टिमुर, एभोकाडो, आँप, लिची, ड्रागनफुड, खरबुजा लगायतका फलफूल र बालीको विस्तार एवं प्रवद्र्धनलाई गाँउपालिकाले प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  
अध्यक्ष घलेले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम गाँउसभाले सर्बसम्मत पारित गरेको छ । नीति तथा कार्यक्रममा भित्र समग्र सुर्यगढीको आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण संरक्षण, विपद व्यवस्थापन तथा भुमि व्यवस्था, संस्थागत विकास तथा सेवा प्रवाह, बित्तिय व्यवस्थापन र शुसासनलाई समेटिएको छ । 

सुर्यगढी गाँउपालिका,  गाँउसभा

शिक्षा तर्फ, गाँउपालिका भित्रको सबै विद्यालयमा इन्टरनेटको पहुच बृद्धि गरी प्रविधि मैत्री शिक्षामा जोड दिइने, अध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम लागु गरिने, वडा नम्बर ३ चोकतेमा रहेको बागेश्वरी माविमा सञ्चालित प्राविधिक शिक्षालाई अझै व्यवस्थित बनाई अन्य बिद्यालयमा समेत लागु गर्न प्रयास गरिने, सामाजिक परिक्षण सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण मार्फत विद्यालयमा शुसासन पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
खानेपानीतर्फ, एक घर एक धारा, पुर्ण सरसफाई हाम्रो अभिभारा नारा सहित ड्वाचे खानेपानी क्षेत्रका सबै घरमा एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई स्थानिय प्राकृतिक मुलहरुको संरक्षण गरिने उल्लेख गरिएको छ । 
सुर्यगढी गाँउपालिकाले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै आर्थिक सामाजिक र साँस्कृतिक सबै क्षेत्रको तिब्र विकास गरी सम्बृद्ध र सुखी सुर्यगढीको आकाँक्षा पुरागर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेश गरिएको अध्यक्ष शन्तबहादुर घलेले बताउनुभएको छ । उहाँका अनुशार उक्त नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नेपाल सरकारले तोकेको लक्ष्य तथा राष्ट्रिय एकता, हित र स्वाभिमान मजवुत हुनुका साथै तिब्र दरको आर्थिक बृद्धि हासिल गर्न सफल हुने बताउनुभएको छ । 
नीति तथा कार्यक्रम पश्चात गाँउपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले आगामी आर्थिक वर्षको लागी अनुमानित ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको छ । 
आर्थिक वर्ष २०७९/८० सुर्यगढी गाँउपालिकाले संघिय सरकार बाट ३६ करोड ३ लाख ४७ हजार र प्रदेशमार्फत ६ करोड ४४ लाख ५८ हजार रुपैयाँ प्राप्त भएको बजेटमा प्रस्तुत गरिएको छ । 
यसैगरी, प्रदेश पुर्वाधार स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनस्थापना साझेदारी कार्यक्रमका लागी ७१ लाख ७६ हजार र भौतिक पुर्वाधार विकास कार्यक्रमतर्फ ७३ लाख रुपैयाँ वजेट प्राप्त भएको उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरिएको छ । 

You may also like: