अनुदानमा मिनिटिलर : किसानहरु उत्साही

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ असार ८, बुधबार

बेलकोटगढी नगरपालिका, मिनिटिलर

अधिकाँस भुभागहरु खेतीयोग्य रहेको नुवाकोटको बेलकोटगढी नगरपालिकाले किसानहरुलाई मिनिटिलर बितरण गरेको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा १ सय ७० वटा मिनिटिलर बितरण गरेको हो । नगरपालिका भित्र रहेका कृषक समूह, कृषि सहकारी र कृषि फर्महरुलाई बितरण गरिएको छ । 

किसानहरुले उक्त संस्थामार्फत समुह बनाई उपयोग गर्न पाउने प्रमुख प्रसासकिय अधिकृत दिपक खतिवडाले जानकारी दिनुभएको छ । 

उहाँका अनुशार फरक÷फरक मुल्यको २ किसिमको मिनिटिलर बितरण गरिएको छ । १५ हजार ७ सय ६६ र १६ हजार ७ सय ६० रुपैयाँ पर्ने मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । 

बेलकोटगढी नगरपालिका, मिनिटिलर

मिनिटिलर बितरण गर्दै नगरप्रमुख जगत लामाले नगरपालिकाका किसानहरुको आयआर्जन बृद्धि गर्न र कृषिमा आत्मनिर्भर नागरिकहरुको आयस्तर बढाउनको लागी अन्य योजनाहरुको परिकल्पना गरिरहेको बताउनुभएको छ । 

बेलकोटगढी नगरपालिकाको प्रायः भुभागहरु खेतीयोग्य रहेका छन् । मदानपुर, रातमाटे, जिलिङ, बेलकोट, कुमरी, दुईपिपललगायतका स्थानका भुभागमा उब्जिएको तरकारीलगायत अन्य अन्नबालीहरु किसानहरुले बिक्री गरी मनग्य आम्दानी गर्ने गरेका छन् । 

मिनिटिलर बितरण कार्यक्रममा बेलकोटगढि नगर पालिका उपप्रमुख शिव दाहाल, विभिन्न वडाका वडा अध्यक्षहरु, कृषि शाखा प्रमुख दामोदर दाहाललगायतको सहभागिता रहेको थियो । 

बेलकोटगढी नगरपालिका, मिनिटिलर